ट्रम्पको नयाँ एक लाख डलरको “एच-वान बी” भिसा शुल्कबारे जान्नुपर्ने कुरा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ७ असोज, २०८२
१ वर्षअघि

एजेन्सी । डोनाल्ड ट्रम्प प्रशासनले अब एच-वान बी भिसा आवेदनमा वार्षिक १००,००० डलर शुल्क तिर्नुपर्ने घोषणा गरेको छ। शुक्रबार हस्ताक्षर भएको नयाँ घोषणाले हजारौं एच-वान बी भिसाधारीहरूलाई मिश्रित भावना र धेरै प्रश्नमा छोडेको छ। यहाँ मुख्य कुरा छ:

एच-वान बी भिसा भनेको के हो?

Advertisement

एच-वान बी कार्यक्रम सन् १९९० मा सुरु भएको हो, जब तत्कालीन राष्ट्रपति जर्ज बुसले नयाँ कानुनमा हस्ताक्षर गरे जसको उद्देश्य वैज्ञानिक, इन्जिनियर, शिक्षक जस्ता दक्ष कामदारलाई ल्याएर विशेष क्षेत्रमा श्रम अभाव समाधान गर्ने थियो ।

यो अस्थायी भिसा प्रकारले कामदाता कम्पनीलाई “उच्च शिक्षित” विदेशी पेशेवरलाई नियुक्त गर्ने अनुमति दिन्छ । एच-वान बी भिसा साधारणतया ३ वर्षका लागि दिइन्छ र अधिकतम ६ वर्षसम्म लम्ब्याउन सकिन्छ ।

अहिले करिब ७ लाख ३० हजार H-1B धारक अमेरिका छन्, र थप ५ लाख ५० हजार परिवार सदस्य (पति/पत्नी, छोराछोरी) छन् । जम्मा गरेर झण्डै १३ लाख मानिस यसैमार्फत बसिरहेका छन् ।

अघिल्लो शुल्क करिब १,७०० डलर देखि ४,५०० डलर सम्म थियो, आवेदन कसरी द्रुत प्रक्रियामा गरिएको भन्नेमा निर्भर गर्थ्यो । प्रत्येक वर्ष, कांग्रेसले ८५,००० डलर भिसामा सीमा राख्छ, जुन लटरी प्रणालीमार्फत दिइन्छ । लटरी प्रवेश शुल्क २१५ डलर थियो, त्यसपछि आवेदन र कानुनी खर्चमा थप हजारौं डलर पर्थ्यो ।

ट्रम्पले के घोषणा गरे

ट्रम्प प्रशासनले दक्ष विदेशी कामदारहरूको एच-वान बी भिसा शुल्क बढाएर १००,००० डलर बनाएको छ । नयाँ शुल्क आइतबारदेखि लागू भएको छ । प्रशासनले दाबी गरे अनुसार यी भिसाहरू अमेरिकी मजदुरी कम गर्न र आइ.टि. क्षेत्रमा काम विदेश पठाउन दुरुपयोग भइरहेको छ ।

यसको शुल्क भने कम्पनीहरूले तिर्नुपर्नेछ, कामदारहरूले होइन । ट्रम्प प्रशासनले यसलाई कम्पनीहरूले बढी अमेरिकी कामदार रोज्न प्रोत्साहित गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

वाणिज्य सचिव होवार्ड लुटनिकले भने,“कम्पनीलाई ती कामदार साँच्चै मूल्यवान लागे भने ल्याउनेछन्, नभए अमेरिकीलाई रोज्नेछन् । यही हो आप्रवासनको उद्देश्य।”

ट्रम्पको विचार यसबारे स्थिर छैन । गत वर्ष उनले एच-वान बी लाई समर्थन गर्दै आफूले पनि प्रयोग गरेको बताएका थिए । तर हालसालै भने उनले शुल्क बढाएर अमेरिकी रोजगारी जोगिने बताएका छन् । उनले भने,“यो शानदार हुनेछ, हामी त्यो पैसा कर र ऋण घटाउन प्रयोग गर्नेछौं ।”

कुन उद्योग प्रभावित हुन्छएच-वान बी

भिसा लिनेमा सबैभन्दा ठूलो हिस्सा टेक क्षेत्रका कामदार हुन् । नयाँ शुल्क घोषणाले टेक उद्योगमा अन्योल सिर्जना गरेको छ, केही कम्पनीहरूले कर्मचारीलाई तत्काल विदेश यात्रा नगर्न सुझाव दिएका छन्।

अहिले पनि एलन मस्क, गूगल प्रमुख सुन्दर पिचाई, माइक्रोसफ्ट प्रमुख सत्य नडेला जस्ता धेरै प्रख्यात ब्यापारीहरू पनि पहिले एच-वान बी धारक छन् । यससंगसंगै शिक्षक र स्वास्थ्य क्षेत्रका कामदार पनि यसको सुविधाहरु पाई रहेका छन् ।

प्रतिक्रिया कस्तो आएको छ

अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् शुल्क बढ्दा कम्पनीहरूले विदेशी प्रतिभा भित्र्याउन गाह्रो हुने भएकाले अमेरिकी आर्थिक वृद्धि सुस्त हुन सक्छ। साथै, यसले “ब्रेन ड्रेन” बढाउने सम्भावना छ।

भारतले भने यसले परिवारमा मानवीय असर पार्ने बताएको छ। भारत सरकारले यी अवरोधहरूलाई अमेरिकी अधिकारीहरूले सच्याउन सकून् र दक्ष कामदारको आदानप्रदान दुबै देशको लागि उपयोगी हुदै आएको कारण अन्य विधिबाट व्यवस्था गर्न सकिने ठाउँ खोज्नु पर्ने भनेको छ । सिलिकन भ्यालीका ठूला कम्पनीहरूले भने सार्वजनिक रुपमा केही नबोली आन्तरिक सूचना मात्र पठाएका छन्।

तर केही व्यवसायी नेताहरूले ट्रम्पलाई समर्थन गरेका छन् । नेटफ्लिक्सका सह-संस्थापक रिड हेस्टिङले एक्स (ट्विटर) मा लेखे—१००,००० डलर शुल्कले भिसा केवल “उच्च मूल्यका काम” मा मात्र जानेछ । यसले लटरी हटाएर कम्पनीलाई बढी निश्चितता दिनेछ।

यसअघि नै एच-वान बी भिसा विवादास्पद विषय थियो । सेनेटर बर्नी स्यान्डर्स लामो समयदेखि आलोचक थिए, उनले यो कार्यक्रमले अमेरिकी कामलाई विदेशी सस्तो श्रमिकसँग प्रतिस्थापन गर्छ भनेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
२९ minutes

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
३ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
२४ घण्टाअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
१ दिनअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
२ दिनअघि
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०