सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ४ असोज, २०८२
१ वर्षअघि

विराटनगर । कविता लेखनमार्फत स्थापित साहित्यकार सीमा आभास यसपटक पहिलो उपन्यासमार्फत पाठकमाझ प्रस्तुत भएकी छन् ।

उनको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक भएको हो ।

विराटनगर बसेर सिर्जनकर्ममा सक्रिय सीमा आभासको यो चौथो पुस्तक हो ।

यसअघि साँझको संघारबाट कविता संग्रह, टापुका स्वरहरू कथासंग्रह र म स्त्री अर्थात् आइमाई कविता संग्रह प्रकाशन गरेकी उनी यसपटक उपन्यासमार्फत पाठकमाझ पुगेकी हुन् ।

महायुग उपन्यास बुक हिलले प्रकाशन गरेको हो ।

महिलामा जे छ भनेर व्याख्या पुनः व्याख्या जसरी गरिएको छ, त्योभन्दा अलग खालको व्याख्या पुस्तकमा रहेको छ ।

महिलाहरू कोही मारिए, कोही आधा आयुमा मरे भने, त्यसरी मरेका स्त्रीहरुलाई शक्तिशाली मान्छे नै बनाएर अवतरित गरिएको यो कृतिमा स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश लिपिबद्ध छ ।

उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँडीसम्मका चार पुस्तामा चित्रण गरिएको छ ।

विगतका भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले खेलेको भूमिका स्मरण गर्दै देशको आजको विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेन–जी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले समेत यो उपन्यास सार्वजनिक गरिएको हो ।’

लेखक सीमा आभासले समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा उपन्यास लेखेको बताएकी छन् ।

‘स्त्रीको चेतना अनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु’, उनले भनिन् ।

कथा र कवितामा कलम चलाइरहेकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुँकारलाई प्रस्तुत गरिएको छ ।

३६० पृष्ठको पुस्तकको मूल्य ६९९ रूपैयाँ तोकिएको छ ।

प्रकाशित समय: शनिवार ४ असोज, २०८२, २०:१८:४९
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०