विराटनगर । नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त सरुवा प्रक्रिया अघि बढाइएको थियो ।
सरुवा हुँदा १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ ।
उनको स्थानमा कवित कटुवाल आएका छन् । सुनसरीका प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाको स्थानमा केवश थेवे आएका छन् ।
