विराटनगरको सत्यनारायण माविमा जेनजी आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३१ भदौ, २०८२
१० महिनाअघि

विराटनगर । विराटनगरको सत्यनारायण माविका विद्यार्थीहरूले Gen Z आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेका छन् ।

भदौ २३ र २४ गते देश परिवर्तनको निमित्त भएको जेनजी आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान दिएका वीर-सहिदहरूको सम्झनामा मंगलबार विद्यार्थीहरूले एक श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेका थिए ।

Advertisement

विद्यालय परिसर बाहिरमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले सहिदहरूप्रति सम्मान व्यक्त गर्दै दीप प्रज्वलन गरेका थिए ।

राष्ट्र र जनताका लागि ज्यान गुमाएका अमर सहिदहरूप्रति मौन धारण गरी सम्मान व्यक्त गरियो भने लगत्तै राष्ट्रिय गान गाएर सबैले देशप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य नयाँ पुस्तालाई सहिदहरूको बलिदान र त्यागको महत्त्वबारे जानकारी गराउनु रहेको आयोजक विद्यार्थीहरूले बताए ।
कार्यक्रममा बोल्दै विद्यार्थीहरुले भने, “हामी जेनजी पुस्ताले अब केवल सामाजिक सञ्जालमा मात्र होइन, देशको यथार्थ परिवर्तनका लागि मैदानमा उत्रिनेछौं । हाम्रा सहिदहरूले देखाएको बाटो र उनीहरूको बलिदानलाई हामी खेर जान दिने छैनौं ।”

दीप प्रज्वलनसँगै विद्यार्थीहरूले नेपाल आमाका वीर सन्तानहरूले देखेको समृद्ध नेपालको सपना पूरा गर्ने प्रण गरेका छन् ।

यस कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रियता र देशप्रेमको भावना थप जागृत गराएको बताइएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

सोमबार २९ असार, २०८३
२ घण्टाअघि

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
४ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
४ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
५ घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
८ घण्टाअघि

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
९ घण्टाअघि
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०