बिमा दाबी हालसम्मकै उच्च हुने पक्का, सरकारी सम्पत्तिको बिमा नहुँदा राज्यलाई ठुलो आर्थिक भार !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ भदौ, २०८२
११ महिनाअघि

विराटनगर । जेन जी आन्दोलनका क्रममा देशव्यापी रूपमा भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिको क्षतिले बिमा क्षेत्रमा ठुलो दबाब पर्ने देखिएको छ ।

गत सोमबार र मंगलबार संघीय राजधानी काठमाडौँलगायत देशका मुख्य सहरमा भएको आन्दोलनसँगै भएको तोडफोड, आगजनी र लुटपाटका कारण निजी, व्यावसायिक तथा सार्वजनिक सम्पत्तिमा क्षति हुँदा अहिलेसम्मकै सर्वाधिक बिमा दाबी पर्ने प्रक्षेपण गरिएको छ ।

तथापि, सरकारी र सार्वजनिक सम्पत्तिको भने बिमा नभएको पाइएको छ ।

जसका कारण राज्यलाई निकै ठुलो आर्थिक भार पर्ने देखिएको छ ।

सिंहदरबार, प्रधानमन्त्री निवास र कार्यालय, राष्ट्रपति भवन, संसद् भवन, मन्त्री निवास, विभिन्न स्थानका प्रहरी कार्यालय, विभिन्न विभाग, प्रदेश सरकार अन्तर्गतका कार्यालय, नगरपालिका, वडा कार्यालयलगायतका सरकारी संरचना बिमाको दायराभित्र नभएकै कारण बिमा दाबीबाट वञ्चित हुने हुँदा राज्यलाई प्रत्यक्ष आर्थिक भार थपिएको छ ।

निजी तथा व्यावसायिक सम्पत्तिको भने विभिन्न कम्पनीमा बिमा गरिएको हुँदा त्यस्ताको क्षतिको आर्थिक बोझ कम हुने छ ।

नेपाल बिमा प्राधिकरणले क्षतिको यथाशीघ्र बिमा दाबी फस्र्योट गर्न बिमा कम्पनीलाई निर्देशन दिइसकेको छ ।

प्राधिकरणले सबै निर्जीवन तथा लघु निर्जीवन बिमकका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

तथापि निषेधाज्ञा र कफ्र्युका कारण बिमा कम्पनीले काम गर्न नसक्दा दाबी र मूल्यांकन नै प्रभावित भएको छ ।

प्राधिकरणले देशका विभिन्न स्थानमा भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई ध्यानमा राखी सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्स्यौट गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले क्षतिको बिमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फाराममार्फत पेस गर्नसमेत निर्देशन दिएको छ ।

आन्दोलनकारीले सरकारी निकायका धेरै पूर्वाधार र निजी क्षेत्रका धेरै व्यापारिक संरचना, होटेल, सोरुम, सुपरमार्केट, सञ्चारगृह, उद्योग, गोदामदेखि निजी सवारी, निजी प्रयोजनका निवासलगायतलाई ध्वस्त बनाइँदा अर्बौं रुपियाँको क्षति भएको छ ।

नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवारका अनुसार संघमार्फत सबै बिमा कम्पनीलाई बिमा दाबी र क्षतिको विवरण निकाल्न सर्कुलर गर्ने तयारी गरिँदै छ ।

अहिले क्षति भएका सरकारी पूर्वाधारबाहेक भाटभटेनीका राजधानीलगायत देशका विभिन्न स्थानमा रहेका सुपरस्टोर, सिजी पार्क, एनसेल, पूर्ण रूपमा क्षति भएको होटेल हिल्टन, विभिन्न सुपरमार्केट, अटोमोबाइल्सका सोरुम, निजी आवास, निजी सवारीसाधनलगायतका बिमा गरिएका सम्पत्तिको बिमा भुक्तानीका लागि दाबी आउने बिमा कम्पनीको अनुमान छ ।

होटेल सघ नेपाल (हान) को प्रारम्भिक अध्ययन अनुसार २५ वटा होटेल, रिसोर्ट, लज र रेस्टुरेन्टमा २५ अर्ब रुपियाँ बराबरको क्षति भएको छ ।

ठुलो मात्रामा अटोमोबाइल्स क्षेत्रमा पनि क्षति भएको छ । यसकै आधारमा हेर्दा पनि क्षति र बिमा दाबीको ग्राफ उच्च हुने देखिन्छ ।

खास गरी हुलदंगा जोखिम बिमाअन्तर्गत यस्ता घटनामा क्षतिपूर्ति दिइन्छ तर पुनर्बिमा गरिएका ठुला संरचनाको दबाब विदेशी पुनर्बिमकलाई हुने गर्दछ ।

सानातिना बिमा दाबी भने स्वदेशी बिमा कम्पनीकै दायित्वमा हुन्छन् । होटेल हिल्टनको बिमा भारतको बिमा कम्पनी ओरिएन्टलमा रहेको बताइएको छ ।

प्रकाशित समय: शनिवार २८ भदौ, २०८२, ०८:११:४७

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
६ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ हप्ताअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०