झुम्का कारागारमा भाइरल संक्रमणको आशंका

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० भदौ, २०८२
१० महिनाअघि

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागारमा भाइरल संक्रमणको आशंका गरिएको छ ।

एकैपटक ठुलो संख्यामा कैदीबन्दी बिरामी भएपछि भाइरल संक्रमणको आशंका गरिएको हो ।

Advertisement

कारागारभित्रका कैदीबन्दीहरूलाई ज्वरो आउने, जिउ दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या हुने समस्या देखिएपछि स्वास्थ्य संस्थान र प्रशासन सतर्क बनेका छन् ।

कैदीहरू एक्कासि बिरामी परेको जानकारी पाएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बुधबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गराएका थिए ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले यसको जानकारी पाउनसाथ प्रतिष्ठानले तत्काल आपतकालीन स्वास्थ्य टोली खटाएको थियो ।

अस्पतालका निर्देशकको अध्यक्षतामा विभागीय प्रमुखहरूसहितको समन्वयमा ९ जनाको द्रुत प्रतिक्रिया टोली (आरआरटी) गठन गरी झुम्का कारागार पठाइयो ।

टोलीमा मेडिसिन, इमर्जेन्सी, जेनेरल प्राक्टिस र एनेस्थेसियोलोजी विभागका चिकित्सक, स्टाफ नर्स र ल्याब प्राविधिक सहभागी थिए । टोलीले कारागारमा पुगेपछि महामारीको सम्भावनालाई ध्यानमा राख्दै सावधानीका साथ स्थलगत परीक्षण र उपचार सुरु गरेको थियो ।

प्रतिष्ठानका अनुसार सुरुमा कारागारमा करिब १ हजार ८ सय कैदीबन्दी रहेको र तीमध्ये करिब ४ सय जना प्रभावित हुन सक्ने अनुमान गरिएको थियो । करिब १ सय जनामा ज्वरो र केहीलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । सुरुमा कैदीहरूको रक्तचाप, पल्स, तापक्रम र अक्सिजनको मात्रा जाँच गरियो ।

जाँचपछि अवस्था गम्भीर देखिएका कैदीबन्दीलाई अन्य ब्लकमा पठाएर थप उपचार गराइएको थियो । त्यस क्रममा ३५ जनामा डेंगुको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानका सह–प्रवक्ता अभिजीत कुमारले बताए ।

उनका अनुसार १० जनामा कोभिड–१९ (कोरोना भाइरस संक्रमण) परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आयो । यसले कारागारमा कोरोना संक्रमण नफैलिएको पुष्टि भएको छ ।

प्रारम्भिक परीक्षणपछि राति नै ५ जना कैदीबन्दीलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तीमध्ये १ जनालाई नाकबाट रगत बग्ने, २ जनामा उच्च रक्तचाप, १ जनामा न्यून रक्तचापको समस्या रहेको र सबै जनाको अवस्था अहिले सामान्य भइसकेको प्रतिष्ठानले जनाएको छ ।

कारागारबाट बिहीबार पनि ५ जनालाई थप उपाचारका लागि प्रतिष्ठान भर्ना गरिएको छ । प्रतिष्ठानमा बिहीबार नै आरआरटी, डीसास्टर टिम र विभागीय प्रमुखहरूको संयुक्त बैठक बसेर यस विषयमा विस्तृत छलफल भएको थियो । करिब १०–१२ दिनयता कारागारबाट उपचारका लागि लगातार बिरामी आउने क्रम रहेकाले समस्या पुरानो देखिएको निष्कर्ष छलफलमा निस्किएको सह–प्रवक्ता कुमारले बताए ।

यस्तै लक्षण देखिएका ३ जना कैदीको पछिल्लो १ साताको अवधिमा मृत्यु भइसकेको प्रतिष्ठानले जनाएको छ । १ जनाको कारागारमै, १ जनाको इनरुवा अस्पताल र १ जनाको प्रतिष्ठानमा मृत्यु भएको जानकारी कुमारले दिए ।

उनका अनुसार प्रतिष्ठानमा मृत्यु भएकालाई सेप्टिक शक र मल्टिपल अर्गन डिसफंक्सन देखिएको थियो । आईसीयूमा राखेर उपचार सुरु गर्दै डायलाइसिस गर्दा पनि ज्यान बचाउन नसकिएको उनले बताए । त्यस्तै, करिब २ साताअघि सोही कारागारका १ कैदीलाई जापानीज इन्सेफलाइटिस लागेपछि आईसीयूमा भर्ना भएर उपचारपछि फर्किएका थिए ।

प्रतिष्ठानको मेडिसिन विभागका प्रमुख प्रा.डा. रविन मास्केले पछिल्लो १ महिनादेखि संस्थानमा भाइरल इन्फेक्सनका बिरामी बढेको र कारागारमा पनि भाइरलकै संक्रमण फैलिएको हुनसक्ने बताए । इमर्जेन्सी मेडिसिन र जेनेरल प्राक्टिस विभागका प्रमुख प्रा.डा. रविन भण्डारीले पनि कारागारमा अन्य रोगको संक्रमण फैलिएको पुष्टि हुन नसकेको बताए ।

प्रतिष्ठानले कारागारमा अहिले कुनै समस्या आइहाल्ने अवस्था नरहेको भए पनि सतर्कता भने अपनाउनुपर्नेमा जोड दिएको छ । कारागारमा देखिएको समस्याको समाधानमा प्रतिष्ठानले प्रशंसनीय भूमिका खेलेको र भविष्यमा सम्भावित ठूलो संक्रमणको अवस्थालाई ध्यानमा राखेर पूर्वतयारी आवश्यक रहेको निष्कर्ष निकालिएको सह–प्रवक्ता कुमारको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको डिसास्टर टिमले पनि कारागार र प्रतिष्ठानमा भर्ना भएका बिरामीहरूको नमुना संकलन गरेर थप परीक्षण गर्ने तयारी गरेको छ । हाल कारागारमा भाइरल संक्रमणकै कारण ३ सय जनाभन्दा बढी कैदीबन्दीहरु बिरामी परेको प्रतिष्ठानले जनाएको छ । कारागार प्रशासनका अनुसार बिरामीको बीपी प्रतिष्ठान र जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

सोमबार २९ असार, २०८३
३ घण्टाअघि

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
५ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
५ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
६ घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
९ घण्टाअघि

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
१० घण्टाअघि
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०