कल्याणपुर । सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको मलेसियामा मृत्यु भएको छ ।
रुपनी गाउँपालिका-२ स्थित हरिरावाका ३२ वर्षीय दीपककुमार रामको मलेसियामा मृत्यु भएको हो ।
परिवारमा एक मात्र कमाउने उनी विगत एक दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत रहेका थिए ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवका अनुसार मृत्युको कारणबारे विस्तृत जानकारी अहिले प्राप्त भएको छैन ।
मलेसियास्थित प्लास्टिक फ्याक्ट्रीमा कार्यरत रहँदैआएका उनको शुक्रबार मृत्यु भएको हो ।
वैदेशिक रोजगारीको क्रममा दीपकको अल्पायुमै मृत्यु भएको खबरले उनको परिवारसहित हरिरावा गाउँ शोकमा डुबेको रुपनी २ का वडाअध्यक्ष सरोजकुमार यादवले जानकारी दिए ।
मृतकका आफन्तले शव छिटोभन्दा छिटो सम्बन्धित निकायमार्फत नेपाल ल्याइदिन र घटनाबारे स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरेका छन् ।
मृतक रामकी श्रीमती, एक छोरी र एक छोरा छन् ।