रंगेलीका मुर्मुलाई पाँचथर प्रहरीले समात्यो, कारण यस्तो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिका कृष्ण मुर्मुलाई पाँचथर प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।

२० लाख रुपैयाँ ठगी गरेको अभियोगमा रंगेली नगरपालिका-४ घर भई चितवनको भरतपुर महानगरपालिका ४ त्रिचोकमा बसोबास गर्दै आएका अमित महतो भन्ने कृष्ण मुर्मुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मुर्मुले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चु गुरुङलाई ठगेका थिए ।

उनीहरूसँगको मिलेमतोमा साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसाय गरी धेरै पैसा कमाउने प्रलोभनमा देखाई उनले पाँचथरको फाल्गुनन्द–२ का चक्रराज रम्तेलबाट २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीका प्रवक्ता एवम् प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

तामाङका अनुसार मुर्मुलाई चितवन प्रहरीसँगको सहकार्यमा पक्राउ गरी पाँचथर ल्याइएको पनि तामाङको भनाइ छ ।

अन्य आरोपीको खोजी कार्य जारी रहनुका साथै मुर्मुलाई अदालत हाजिर गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । हाल मुर्मुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित समय: सोमबार ९ भदौ, २०८२, १२:०१:००

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
१६ घण्टाअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
१ दिनअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
१ दिनअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ दिनअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०