रोनाल्डोको यस्तो कीर्तिमान, जो कसैले तोड्न सक्दैनन्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ भदौ, २०८२
८ महिनाअघि

विराटनगर । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले शनिबार ऐतिहासिक कीर्तिमान बनाएका छन्।

उनी चार फरक क्लबका लागि १०० प्रतिस्पर्धात्मक गोल पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन्।

तर, साउदी सुपर कपको फाइनलमा अल–अहलीसँग अल–नसार पेनाल्टी सुटआउटमा पराजित भएसँगै उपाधिबाट बञ्चित भयो।

हङकङ स्टेडियममा भएको खेलको पहिलो हाफमै गोल गर्दै ४० वर्षीय रोनाल्डोले डिसेम्बर सन् २०२२ देखि खेलेको साउदी क्लब अल–नसारका लागि आफ्नो शतकीय गोल पूरा गरे।

यसअघि उनले रियल मड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि १४५ र युभेन्ट्सका लागि १०१ गोल गरेका थिए।

यस उपलब्धिसँगै उनले तीन फरक क्लबका लागि १०० बढी गोल गरेका इसिद्रो लाङ्गारा, रोम्यारियो र नेयमारलाई पछि पारे।

अन्तर्राष्ट्रिय फुटबलमा समेत १३८ गोलसहित रोनाल्डो इतिहासकै सर्वाधिक गोलकर्ता हुन्।

यद्यपि, उनले अझै साउदी अरबमा ठूलो उपाधि जित्न सकेका छैनन्।

शनिबारको फाइनलमा उनले ४१औं मिनेटमा पेनाल्टीमार्फत अल–नसारलाई अग्रता दिलाए।

तर, छिट्टै फ्र्याङ्क केस्सीले अल–अहलीलाई बराबरीमा फर्काए।

खेलको अन्त्यतिर ८३औं मिनेटमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै अल–नसारलाई फेरि अग्रता दिलाए।

तर, थपिएको समयमा ब्राजिलियन डिफेन्डर इबानेजले हेडरमार्फत गोल गर्दै खेललाई २–२ मा पुर्‍याए।

पेनाल्टी सुटआउटमा रोनाल्डोले गोल गरे पनि उनका सहखेलाडी अब्दुल्लाह अल–खैबारी चुके।

अन्ततः अल–अहलीले ५–३ को जित निकाल्दै सिजनको पहिलो ट्रफी उचाल्यो।

प्रकाशित समय: आईतबार ८ भदौ, २०८२, १६:२०:११
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०