परारष्ट्रमन्त्री डा. राणा र भियतनामका उपराष्ट्रपतिबीच भेट

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ भदौ, २०८२
८ महिनाअघि

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शनिबार भेटवार्ता गरेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गरेकी हुन् ।

सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरूमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन्।

मन्त्री डा. राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन्।

पछिल्ला वर्षहरूमा नेपाल र भियतनामका पर्यटकहरूको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् ।

मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरेकी थिइन् । त्यसैगरी उनले नेपाल आगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरेकी थिइन् ।

भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएका उल्लेख गर्दै दक्षिण-दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो ।

जी-७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम) का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरूको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा राणाले बताताएकी थिइन् ।

प्रकाशित समय: शनिवार ७ भदौ, २०८२, १६:४१:५८

सम्बन्धित खबर

कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत

बुधबार १६ ब‌ैशाख, २०८३
१४ minutes

पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
३४ minutes

कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
१ घण्टाअघि

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र

बुधबार १६ ब‌ैशाख, २०८३
१ घण्टाअघि

कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त

बुधबार १६ ब‌ैशाख, २०८३
४ घण्टाअघि

२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन

बुधबार १६ ब‌ैशाख, २०८३
४ घण्टाअघि
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
मध्यपहाडी लोकमार्ग अवरुद्ध
बुधबार १६ ब‌ैशाख, २०८३
यी जिल्लामा तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०