बलात्कार आरोपमा २० लाख धरौटी बुझाएर छुटेका पूर्वनगरप्रमुखविरुद्ध सर्वोच्चमा रिट दायर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ भदौ, २०८२
१ वर्षअघि

झापा । झापाको बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेला उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका शिवाकोटीविरुद्ध पीडित बालिकाको परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उच्च अदालतको आदेशप्रति चित्त नबुझाउँदै पीडित बालिकाको परिवारले गत साउन ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उच्च अदालतको फैसलाप्रति चित्त नबुझेपछि आफूहरु सर्वोच्चमा गएको बालिकाका एक आफन्तले जनाएका छन् ।

घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व नगरप्रमुख शिवाकोटीलाई धरौटीमा छोड्न गत बैशाख २५ गते उच्च अदालतले आदेश दिएको थियो ।

उच्च अदालत विराटनगरको इलाम इजलासले २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो ।

यसअघि गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि शिवाकोटी ५ महिनासम्म बिएन्डसी अस्पतालमै रहेका थिए ।

त्यसअघि २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा थिए ।

पूर्वी सीमानाका काँकरभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।

सीमामा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था आफन्त नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो ।

त्यसक्रममा उनले आफू बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख शिवाकोटीको घरमा बस्ने गरेको तर पटकपटक करणी गरेपछि भागेर हिँडेको बताएकी थिइन् ।

बुबाआमा नभएकी पीडितलाई घरको काम गरिदिएबापत पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए ।

घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित समय: शुक्रबार ६ भदौ, २०८२, १२:४५:४४

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
५९ minutes

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
८ घण्टाअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
३ दिनअघि
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०