स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ भदौ, २०८२
८ महिनाअघि

नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । एकीकृत घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र नवीकरण र स्वास्थ्य जाँच सेवा पनि सञ्चालन भइरहेको अध्यक्ष राईले बताए।

“हामीले नागरिकको सहजताका लागि शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ, भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन गाउँपालिकासम्म आउन समस्या छ । स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पुर्याउने लक्ष्यले घुम्ती शिविरबाट सेवा दिइएका हौँ”, अध्यक्ष राईले भने ।

साउनमै भत्ता वितरण हुनुपर्ने भए पनि गाउँपालिकामा रहेको बैंकको शाखाले जनशक्ति व्यवस्थापन गर्न ढिलाइ गर्दा वितरणमा केही ढिला भएको उहाँको भनाइ छ । सहज रूपमा वडामा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् ।

आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा हर्षित भएको वडा नं ३ भुल्केका होमबहादुर विश्वकर्माले बताए। भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ । ‘वडाबाटै भत्ता पाउँदा सहजता भएको छ, बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो’, उनले भने।

स्वास्थ्य शिविरसहित जनप्रतिनिधि आफैँ आएर वडामै भत्ता दिएकोप्रति डम्बरकुमारी खत्रीले खुसी प्रकट गरे। गाउँपालिकाले वृद्धवृद्धा तथा अशक्तलाई सहज हुनेगरी काम गरेको उनको भनाइ छ । घर पायकमै भत्ता पाउँदा आफूलाई स्थानीय सरकार भएको अनुभूति भएको उनी बताउँछन्।

आठ वडामध्ये हालसम्म वडा नं १ ओख्रेमा एक सय ४१ जनालाई सामाजिक सुरक्षा भत्ता, १४ जनालाई राष्ट्रिय परिचयपत्र, वडा नं २ धोद्लेखानीमा ७२ जनालाई सामाजिक सुरक्षा भत्ता, चार जनालाई राष्ट्रिय परिचयपत्र र वडा नं ३ भुल्केमा एक सय ३१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण र ३५ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको छ । गाउँपालिकाका अनुसार अन्य वडामा पनि क्रमशः वितरण गरेर भदौ ११ गते वडा नं ८ खोक्सिकमा शिविर सम्पन्न हुनेछ ।

प्रकाशित समय: शुक्रबार ६ भदौ, २०८२, ०७:४४:१९
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
मध्यपहाडी लोकमार्ग अवरुद्ध
बुधबार १६ ब‌ैशाख, २०८३
यी जिल्लामा तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह
बुधबार १६ ब‌ैशाख, २०८३
नेपाल–ओमान भिडन्त: टस हारेर नेपाल फिल्डिङमा, टोलीमा एक परिवर्तन
बुधबार १६ ब‌ैशाख, २०८३
चुपचाप रहेका आङ्देम्बे एकाएक शक्तिको केन्द्रमा
बुधबार १६ ब‌ैशाख, २०८३
जिउँदो व्यक्तिको मृत्यु दर्ता गरिदिएपछि फसे वडाध्यक्ष र सचिव
बुधबार १६ ब‌ैशाख, २०८३
विराटनगर जुट मिल्सको जग्गा ओगट्नेलाई हटाइँदै, ६ सय परिवार विस्थापित हुने जोखिममा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०