देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ भदौ, २०८२
१ वर्षअघि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण आफू अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिसभामा देउवाले जनताले विश्वास गरेका कारण आफू पटक पटक प्रधानमन्त्री हुन सफल भएको बताएका हुन् । उनले पार्टीका सांसदहरू र सबै पार्टीले सहयोग गरेर नै प्रधानमन्त्री भएको जिकिर गरे ।

Advertisement

आफू डडेलधुराबाट चुनाव लड्दा आफुविरुद्ध धेरै पार्टी लागे पनि जनताले आफूलाई नै जिताएको उनले बताए । सभापति देउवाले जनताभन्दा ठूलो केही नभएकाले जनताको सेवामा लाग्न आग्रह गरे ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले विद्रोहलाई शान्ति प्रक्रियामा बदल्न सक्ने सामर्थ्य राख्ने दलहरू नेपालमा रहेको भन्दै उनीहरू अयोग्य हुन नसक्ने जिकिर गरे ।

उनले कांग्रेसभित्र शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर उदेक प्रश्न आउने गरेको धारणा राखे । प्रधानमन्त्री भन्ने पालोको कुरा नभई पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको उनले बताए ।

त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनले पुराना दलहरूमाथि प्रश्न उठ्ने गरेको भन्दै अव पार्टी र नेताहरूले आफूलाई समायानुकुल परिष्कृत गर्न सक्नुपर्ने बताए ।

अहिलेको लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउँदै अघि बढ्न सके मात्रै जनताको विश्वास हासिल गर्न सकिने उनले बताए । कार्यक्रममा दलका नेताहरूले समाजवादी चिन्तक स्व. प्रदीप गिरीको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०