हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ भदौ, २०८२
१० महिनाअघि

एजेन्सी । इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएका छन्।

करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको आधिकारिक प्रतिक्रियाको प्रतिक्षा गरिरहेका छन्। मध्यस्थकर्ता कतारले नयाँ प्रस्तावका लागि आशावादी रहेको बताउँदै यो प्रस्ताव इजरायलले सहमति गरेको पहिलेको संस्करणसँग ‘लगभग मिल्दोजुल्दो’ रहेको उल्लेख गरेको छ।

नाम नबताउने शर्तमा इजरायलका एक वरिष्ठ अधिकारीले एएफपीसँग कुरा गर्दै सरकारको अडानमा कुनै परिवर्तन नआएको र कुनै पनि सम्झौता गरी बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेका छन् । यी दुई शत्रुले युद्ध अवधिभर अप्रत्यक्ष वार्ता गरेका छन् र दुई पटक छोटो समयका लागि युद्धविराम भएको छ । युद्धविरामका क्रममा दर्जनौँ इजरायली बन्धकहरूको बदलामा हजारौँ प्यालेस्टिनी कैदीहरूको रिहा गरिएको थियो तर ती युद्धविरामले उनीहरूलाई स्थायी युद्धविरामको मध्यस्थता गर्न सफल बनाउन सकेका छैनन् ।

संयुक्त राज्य अमेरिकाको पहलमा कतार र इजिप्टले बारम्बार कूटनीतिक वार्ता गरी युद्धविराम मध्यस्थताका लागि पहल गरेका छन्।

इजिप्टले सोमबार भनेको छ, “इजिप्ट र कतारले इजरायललाई नयाँ प्रस्ताव पठाएको छ र ‘बल अब उसको कोर्टमा’ छ।”

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले हमासले ‘निकै सकारात्मक प्रतिक्रिया दिएको र यो वास्तवमै इजरायली पक्षले यसअघि गरेको सहमतिसँग मिल्दोजुल्दो रहेको’ बताएका छन्‌ ।

उनले भने, ‘हामी कुनै सफलता हासिल भएको दाबी गर्न सक्दैनौं । तर यो सकारात्मक पक्ष हो भन्ने हाम्रो विश्वास छ।’

इजरायलमाथि बढ़्दो दबाव

इजिप्टको राज्यसम्बद्ध संस्था अल–काहेरा न्यूजको रिपोर्टअनुसार पछिल्लो सम्झौतामा ६० दिनको युद्धविराम, आंशिक बन्धक मुक्त, केही प्यालेस्टाइनी कैदीलाई मुक्त गर्ने र सहायता प्रवेशका लागि अनुमति दिने प्रावधान प्रस्ताव गरिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस योजनाबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्, तर गत हप्ता इजरायलले ‘युद्ध अन्त्यका लागि सबै बन्धकहरूलाई एकैपटक रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताउनुभएको थियो ।

हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमा लेखेका छन्‌, ‘आफ्नो समूहले सम्झौताको सम्भावनाका लागि ढोका खोलेको छ, तर नेतन्याहूले विगतमा जस्तै फेरि एकपटक यसलाई बन्द गर्ने कि नगर्ने भन्ने प्रश्न कायमै छ ।’

नेतन्याहूले युद्ध अन्त्यका लागि देश तथा विदेशमा बढ्दो दबाबको सामना गरिरहेका बेला हमासले यो प्रस्ताव स्वीकार गरेको हो ।

आइतबार इजरायलको तेल अभिव शहरमा दशौँ हजार मानिसले युद्ध अन्त्य गर्न र बन्धक बनाइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न सम्झौताको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए।

सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ जनामध्ये ४९ जना अझै गाजामै छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार ३ भदौ, २०८२, २२:०७:०७
रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
शुक्रबार ५ असार, २०८३
प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०