सौर्य जहाज दुर्घटना पीडितका प्रश्नै प्रश्न, गृहमन्त्रीले भने : फेरि जाँच हुनुपर्छ, सहयोग गर्छु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ भदौ, २०८२
११ महिनाअघि

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै पीडित परिवारले सोमबार गृहमन्त्रीलाई मागपत्र दिएको छ।

सौर्यको जहाज दुर्घटनामा छोरी, ज्वाँइ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले गृहमन्त्री रमेश लेखकलाई भेटेर रतिशचन्द्र लाल नेतृत्वको सरकारी आयोगले अपुरो प्रतिवेदन बनाएको भन्दै न्यायिक जाँच आयोग गठन गर्न माग गरेका हुन् ।

Advertisement

पत्रकार खतिवडाले मागपत्रमा सौर्य जहाज दुर्घटना जाँच प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था देखिएकोले न्यायिक जाँच आयोग गठन गर्न माग गरेको बताए । सौर्य जहाज यति ठूलो मानवीय लापरवाही र गम्भिर त्रुटिले दुर्घटना भएको पुष्टि हुँदा पनि कुन कानुनअनुसार कारबाहीमा अन्योल रहेकोले न्याय निरुपणलाई सम्बोधन गर्न न्यायिक जाँच आवश्यक रहेको पत्रकार खतिवडाको माग पत्रमा उल्लेख छ ।
लाल आयोगको सरकारी प्रतिवेदनले दुर्घटनाको कारण मानवीय त्रुटि भन्ने किटानीका साथ निष्कर्ष प्रस्तुत गरेको थियो । तर प्रतिवेदनलाई अदालती प्रमाणको रुपमा प्रस्तुत गर्न नपाइने भन्ने उल्लेख गरेकोले पीडितको न्याय एवम् तथ्य, प्रमाण र घटनाको वास्तविकतालाई सुनिश्चित गर्न न्यायिक जाँच आवश्यक रहेको माग पत्रमा भनिएका छ।
लाल नेतृत्वको सरकारी जाँच आयोग कानुनले तोकिएको योग्यता नपुगेका व्यक्ति राखिएको र मुख्य दोषीलाई उन्मुक्ति दिने आशयको नियोजित प्रतिवेदन तयार गरेको भन्ने प्रश्न उठेको पीडित पक्षको भनाइ छ ।
आयोगको जाँच अनुसन्धानको प्रकृया, निष्कर्ष एवम् विश्वासनीयता उपर थप जाँच गर्नुपर्ने अवस्था रहेकोले न्यायिक जाँच आवश्यक रहेको खतिवडाले माग पत्रमा भनेका छन् ।
पीडितको न्याय र क्षतिपूर्तिबारे आयोगको प्रतिवेदन मौन रहेकाले त्यो सुनिश्चित गर्न न्यायिक जाँच गर्नुपर्ने खतिवडाको माग छ ।
सौर्य जहाज दुर्घटना जाँच प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था देखिएको जनाउँदै खतिवडाले ‘फेरी’ उडानबारे प्रतिवेदनमा उल्लेखित तर ३४ दिनदेखि ग्राउण्डेड जहाज मर्मत गर्न लगिएको गैरव्यावसायिक ‘फेरी उडान’ मा व्यावसायिकसरह यात्रु बोकेको कुराबारे स्पष्ट नगरेको जिकिर गरेका छन् ।
लाल आयोगको सरकारी प्रतिवेदनमा‘फेरी’उडानमा कम चालक दलका सदस्यसहित मर्मतसँग सम्बन्धीत प्राविधिक बोक्न सकिने उल्लेख भएको तर बालकसहित मर्मतसँग असम्बन्धित गैरकानुनी यात्रु किन बोकियो स्पष्ट नगरेको उनले बताएका छन् । चार वर्षे बालक तथा ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारीलाई एयरलाइन्सको कर्मचारी बनाउने गैरकानुनी कामबारे प्रतिवेदनमा उल्लेख नभएको खतिवडाले भनेका छन् ।
सरकारी प्रतिवेदनले काठमाडौँमा बिग्रिएको जहाज पाखरामा मर्मत गर्न लानुको औचित्य पुष्टि गर्न नसकेको, सुरुदेखि नै क्यानको दबाबमा जहाज पोखरा लगिएको भन्ने प्रश्न उठेको तर यसबारे प्रतिवेदन मौन रहेको खतिवडाको कथन छ ।
सरकारी प्रतिवेदनको २९ बुँदे निष्कर्षले जानाजान गरिएको मानवीय त्रुटिले दुर्घटना भएको विवरण देखाए पनि मुख्य दोषी को हो भन्ने स्पष्ट नगरेकोले दोषीको पहिचान गरि कानुनी दायरामा ल्याउन न्यायिक जाँच आयोग गठन आवश्यक रहेको भनिएको छ । एक वर्ष लगाएर तयार गरेको सरकारी आयोगको प्रतिवेदनले विश्वमा ९९ प्रतिशत सुरक्षित हवाई यात्रा नेपालमा किन असुरक्षित छ ? किन बारम्बार दुर्घटना भइरहन्छ भन्ने तथ्य उजागर गर्न नसकेको, राज्यकोषको लाखौँ खर्च गरेर अनुसन्धान गरेको आयोगले बारम्बारको दुर्घटनालाई रोक्ने उपाय सिफारिस नगरेको उल्लेख छ ।
खतिवडाको मागपत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आवश्यक पहल गर्ने आश्वासन दिएको पत्रकार खतिवडाले बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ०८१ साउना ९ गते सौर्यको जहाज दुर्घटना भएको थियो । दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्यन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । दुर्घटनामा खतिवडाका तीन सन्ततिसहित १८ जनाको ज्यान गएको थियो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज

मङ्गलबार ३० असार, २०८३
२ घण्टाअघि

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री

मङ्गलबार ३० असार, २०८३
६ घण्टाअघि

उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै

मङ्गलबार ३० असार, २०८३
६ घण्टाअघि

गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?

मङ्गलबार ३० असार, २०८३
६ घण्टाअघि

प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई

मङ्गलबार ३० असार, २०८३
६ घण्टाअघि

फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै

मङ्गलबार ३० असार, २०८३
६ घण्टाअघि
मन्त्रिपरिषद्का ५ निर्णय: मिटरब्याज आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवामा कार्यकारी अध्यक्ष नियुक्तिसम्म
मङ्गलबार ३० असार, २०८३
सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज
मङ्गलबार ३० असार, २०८३
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री
मङ्गलबार ३० असार, २०८३
उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै
मङ्गलबार ३० असार, २०८३
गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?
मङ्गलबार ३० असार, २०८३
प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई
मङ्गलबार ३० असार, २०८३
फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै
मङ्गलबार ३० असार, २०८३
मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री सुधन गुरुङ
मङ्गलबार ३० असार, २०८३
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०