बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३२ साउन, २०८२
९ महिनाअघि

बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक फिल्म उद्योगका भित्री व्यवहारबारे चर्चा गरेकी छिन् ।बिहीबार एक अन्तर्वार्तामा कंगनाले आफ्नो करियरका अनुभव सुनाउँदै, उद्योगका धेरैजसो पुरुष अभिनेता ‘असभ्य’ ’ हुने गरेको बताइन्।

अन्तर्वार्तामा होस्टले सोधेका थिए – “के तपाईंलाई कहिल्यै हिरोहरूबाट अनुचित प्रस्ताव वा व्यवहारको सामना गर्नुपर्‍यो ?” कंगनाले जवाफमा भनिन्, “मैले धेरै हिरोहरूसँग त काम नै गरेकी छैन ! किन भने धेरैजसो हिरोहरू असभ्य हुन्छन्।”

उनले स्पष्ट पार्दै भनिन्, “मैले यो कुरा यौनजन्य दृष्टिले मात्र भनेको होइन। जस्तै सेटमा ढिलो आउनु, असभ्य व्यवहार गर्नु, नायिकालाई हेप्नु, साइडलाइन गर्नु, सानो भ्यान दिनु जस्ता कुरा…यी सबका कारण मैले धेरै पटक समस्याको सामना गर्नुपर्‍यो। अनि सोच्नुस् त, यिनै कारण मेराविरुद्ध मुद्दा दायरसमेत गरियो ! किन ? किनकि म यी कुरामा मौन बस्न तयार थिइनँ, जबकि अन्य धेरै केटीले यसलाई सामान्य ठान्थे ।

कंगनाले सन् २००६ मा अनुराग बसु निर्देशित र महेश भट्ट निर्मित ‘ग्याङ्स्ट’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनले वो ‘लम्हे’ (२००६), लाइफ इन अ मेट्रो (२००७) जस्ता फिल्ममा अभिनय गरिन्। तर उनको करियरको टर्निङ प्वाइन्ट बन्यो माधुर भण्डारकर निर्देशित फ्यासन (२००८), जसका लागि उनले सहायक भूमिकामा उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कार जितिन्।

पछिल्ला वर्षहरूमा (२०१४) र तनु वेड्स मनु रिटर्न्स (२०१५) जस्ता सफल फिल्मले उनको स्टारडमलाई नयाँ उचाइमा पुर्‍यायो। हालसम्म उनी चार पटक राष्ट्रिय फिल्म पुरस्कार जितिसकेकी छिन्।

उनी पछिल्लो पटक ‘इमर्जेन्सी’ फिल्ममा देखिएकी थिइन्, जुन उनले आफैं निर्देशन, सह-निर्माण र लेखन गरेकी थिइन्। कंगनाका अनुसार, बाहिरबाट आएका कलाकारका लागि बलिउडमा सफलता पाउनु सजिलो छैन, तर दृढ अडान र आत्मसम्मानका साथ आफ्नो स्थान बनाउन सकिन्छ।

प्रकाशित समय: शनिवार ३२ साउन, २०८२, ११:०६:४३

सम्बन्धित खबर

नेपाली सेनाले मोरङका स्थानीय तहसँग माग्यो सुकुम्बासीको विवरण

मङ्गलबार १५ ब‌ैशाख, २०८३
५ घण्टाअघि

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार १५ ब‌ैशाख, २०८३
९ घण्टाअघि

अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप

मङ्गलबार १५ ब‌ैशाख, २०८३
९ घण्टाअघि

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१३ घण्टाअघि

दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१३ घण्टाअघि

धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१४ घण्टाअघि
नेपाली सेनाले मोरङका स्थानीय तहसँग माग्यो सुकुम्बासीको विवरण
मङ्गलबार १५ ब‌ैशाख, २०८३
ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप
मङ्गलबार १५ ब‌ैशाख, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मङ्गलबार १५ ब‌ैशाख, २०८३
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरको फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा भएको विवाद अदालतसम्मै पुग्यो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०