नाटकीय कमब्याक गर्दै पिएसजीले जित्यो पाँचौं उपाधि, टोटनह्याम स्तब्ध

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० साउन, २०८२
१ वर्षअघि

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले युइएफए सुपर कपको उपाधि आफ्नो पोल्टामा पारेको छ ।

इंग्लिस क्लब टोटनह्याम हटस्परलाई बुधबार राति पेनाल्टी सुटआउटमा हराएर पिएसजीले २०२५ को आफ्नो पाँचौं उपाधि जितेको हो ।

पिएसजीले खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै यो जित हात पारेको हो ।

स्टाडियो फ्रिउली (उडिने) मा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो ।

तर, पिएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भएको हो ।

८६औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए ।

पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो ।

तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टीमा सफल पार्‍यो । अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए ।

लिल्लबाट भर्खरै आएका गोलकिपर लुकास चेभालिएरले गियानलुइजी डोनारुम्माको स्थान लिँदै पहिलो रोजाइको खेल खेले ।

३९औं मिनेटमा जोआओ पाल्हिन्हाको प्रहार बारमा छोएर फर्किँदा भान डे भेनले छिटो प्रतिक्रिया दिँदै गोल गरे । ४८औं मिनेटमा टोटनह्याम कप्तान क्रिस्टियन रोमेरोको हेडर रोक्न नसक्दा दोस्रो गोल खाए ।

तर, सुटआउटमा भान डे भेनको पेनाल्टी बचाउँदै उनले डोनारुम्मा स्तरको प्रदर्शन देखाए ।

प्रकाशित समय: बिहिबार ३० साउन, २०८२, ०६:५५:३२
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०