रामहरि खतिवडाले दिए राजीनामा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ साउन, २०८२
११ महिनाअघि

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

‘कुलिङ पिरियड’मा भएको छेडखानी प्रकरणमा छानबिन विशेष समितिले जिम्मेवार रहेको स्पष्ट पारेपछि खतिवडाले प्रतिनिधिसभाको बैठकमै आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

Advertisement

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै खतिवडाले समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे ।

उनले छानबिन विशेष समितिको प्रतिवेदनप्रति सम्मान प्रकट गरेका छन् ।

प्रतिवेदनमा भनिएको थियो, ‘परिमार्जित मस्यौदा प्रतिवेदन समितिका सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नुपर्नेमा अनौपचारिक बैठक बसेर मिति २०८२।०२।१३ मा प्रतिवेदन पठाइएको देखिन्छ । जसले सभापतिको समन्वयकारी भूमिकामा कमी भएको पुष्टि गर्छ।’ साथै, प्रतिवेदन सभापतिको हस्ताक्षरबाट पेस भए पनि ‘उत्तरदायीपूर्ण भूमिका नभएको’ ठहर गरिएको छ ।

समितिका सचिव सुरजकुमार दुराको पनि भूमिका प्रतिवेदनमा कमजोर देखिएको छ । सचिवको हैसियतमा उनले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै भूमिका निर्वाह गरेको भए पनि जिम्मेवारी पूरा नगरेको भनिएको छ ।

प्रतिवेदनले कर्मचारीहरूबारे पनि टिप्पणी गर्दै ‘कुलिङ अफ पिरियड विषय हटाउन सार्वजनिक रूपमा लबिङ गर्नु पदाधिकारीहरूको पदीय आचरणअनुकूल नभएको’ उल्लेख गरेको छ ।

त्यस्तै, राज्य व्यवस्था समितिले पारित गरेको उक्त विषयमा सार्वजनिक रूपमा विपक्षमा देखिनु पनि शोभनीय नभएको प्रतिवेदनमा उल्लेख छ ।

‘कुलिङ पिरियड’को छेडखानी प्रकरणबारे छानबिनका लागि प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो ।

सो समितिले विस्तृत अध्ययनपछि दोषीहरू किटान गर्दै प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा सभापति खतिवडालाई पनि घटनाप्रति संवेदनशील नबनेको र आफ्नो भूमिकामा कमी देखाएको निष्कर्ष निकालिएको छ ।

उनले आफ्नो पदबाट अलग भए पनि प्रतिनिधिसभाको सदस्यको जिम्मेवारी भने निरन्तर वहन गर्ने बताएका छन् । खतिवडाको राजीनामासँगै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद रिक्त भएको छ ।

प्रतिनिधिसभाको आगामी बैठकमा नयाँ सभापति चयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य
मङ्गलबार ३० असार, २०८३
मन्त्रिपरिषद्का ५ निर्णय: मिटरब्याज आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवामा कार्यकारी अध्यक्ष नियुक्तिसम्म
मङ्गलबार ३० असार, २०८३
सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज
मङ्गलबार ३० असार, २०८३
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री
मङ्गलबार ३० असार, २०८३
उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै
मङ्गलबार ३० असार, २०८३
गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?
मङ्गलबार ३० असार, २०८३
प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई
मङ्गलबार ३० असार, २०८३
फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०