भारतलाई झनै ठूलो झट्का दिने योजना थियो, तर पुटिनको फोन आयो : ट्रम्प

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ साउन, २०८२
१० महिनाअघि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई झनै ठूलो झट्का दिने आफ्नो योजना रहेको बताएका छन्‌ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको टेलिफोन आएपछि आफूले तत्काल त्यसो नगरेको ट्रम्पको भनाइ छ ।

प्रतिबन्ध लगाएको रूसबाट तेल खरिद गरेको भन्दै अमेरिकाले गत बुधबार भारतबाट आयात हुने वस्तुमा भन्सारदर ५० प्रतिशत पुर्‍याएको थियो । रूसबाट तेल खरिद गरेर भारतले युक्रेनविरुद्धको युद्धमा सघाएको अमेरिकी आरोप छ ।ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग यही अगष्ट १५ का दिन अलास्कामा भेटवार्ता गर्दैछन्‌ । उक्त वार्ता हुनुअघि ट्रम्पले भारतविरुद्ध आफ्नो योजनाबारे बोलेका हुन् ।

‘म यसभन्दा निकै ठूलो कदम (भारतविरुद्ध) उठाउने पूरै तयारीमा थिएँ, तर मलाई एक टेलिफोन आयो कि उनी (पुटिन) भेटघाट गर्न चाहन्छन्‌ । हेरौँ, पुटिन मसँग कुन मामिलामा भेटघाट गर्न चाहन्छन्‌ !’, भारतलाई जोड्दै ट्रम्पले भनेका छन्‌, ‘म युद्धविराम चाहन्छु, म त्यस्तो एक सम्झौता चाहन्छु-जो दुबै पक्षका लागि होस्‌ ।’भारतविरुद्ध कर लगाउँदा रूसी अर्थव्यवस्था प्रभावित हुने तर्क पनि ट्रम्पले गरेका छन्‌ । उनले भनेका छन्‌, ‘रूसको अर्थव्यवस्था राम्रो अवस्थामा छैन, निकै प्रभावित भइसकेको छ । यस्तो स्थितिमा अमेरिकी राष्ट्रपतिले रूसको सबैभन्दा ठूलो या दोस्रो ठूलो तेल खरिदकर्तालाई रूसबाट तेल खरिद गरेमा ५० प्रतिशत कर लगाइदिन्छ भने त्यो उसको लागि ठूलो झट्का हो ।’

प्रकाशित समय: मङ्गलबार २८ साउन, २०८२, १३:१८:२०
रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
शुक्रबार ५ असार, २०८३
प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०