पोखरा- कास्कीको पोखरा महानगरपालिका-२८ कालिकामा स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन्।
शुक्रबार बिहान कालिका इङ्लिस स्कुलको बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका बालबालिकालाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले दुर्घटनामा १८ जना बालबालिका घाइते भएको जानकारी दिएका छन्।
दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण प्राप्त हुन बाँकी छ।