विराटनगर- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदानका लागि राष्ट्रिय सभागृह पुगेका छन्।
कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ। शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भनिएको मतदान एक घण्टा ढिलो गरी सुरु भएको हो।

यसअघि बिहीबारका लागि तय गरिएको मतदान तयारी नपुगेको भन्दै शुक्रबारका लागि सारिएको थियो।
निर्वाचन समितिका अनुसार काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।