मानवअधिकार आयोगले भन्यो : रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ साउन, २०८२
११ महिनाअघि

रुपन्देही । सहकारीको करोडौं रुपैयाँ ठगी आरोपमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सोमबार भेट गरेको छ ।

हालैका दिनमा लामिछानेको स्वास्थ्य र कारागारभित्रको अवस्थाबारे विवादित समाचारहरू बाहिरिएपछि आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की रिमा बिसी लगायतको टोली कारागार पुगेको हो ।

Advertisement

टोलीले लामिछानेलाई राखिएको ४ नम्बर ब्लकको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो। झ्याल बन्द गरिएको कोठामा दुईवटा पंखा राखिएको भेटिएको आयुक्त थापाले बताइन् । एउटा विवाह समारोहमा प्रयोग हुने ठूलो पंखा र अर्को स्ट्यान्ड पंखा राखिएको उनले बताइन् ।

टोलीका अनुसार भैरहवा कारागारमा २०० कैदी राख्ने क्षमता भए पनि हाल त्यहाँ करिब ६५० जना कोचाकोच गरेर राखिएका छन् ।

आयोग सदस्य थापाले यस्तो अवस्था आधारभूत मानवअधिकार हनन भएको बताइन् ।

‘एउटै कोठामा २ सयको सट्टा ६३० जना राख्नु मानवीय र कानूनी दुवै हिसाबले गलत हो,’ उनले भनिन्, ‘सरकारले कैदीबन्दीको संख्याअनुसारको संरचना निर्माण नगरेको स्पष्ट देखिन्छ।’

टोलीले लामिछानेलाई हिँडडुल गर्ने, पत्रपत्रिका पढ्ने र भेटघाट गर्न पाउने अधिकार सुनिश्चित गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ ।

रविलाई राखिएको ब्लकको झ्याल खोल्ने, शौचालयको सुधार गर्ने र अदालतको आदेशअनुसार आवश्यक भए स्थानान्तरण गर्ने विषयमा पनि सरकार र गृह मन्त्रालयलाई व्यवस्थापन गर्न आग्रह गरिने उनले बताइन् ।

‘बन्दी आफैले स्थानान्तरणको आग्रह गर्दा पनि नगर्नु वा गर्न नसक्नुको कारण सरकारले स्पष्ट पार्नुपर्छ,’ थापाले भनिन्, ’कारागार व्यवस्थापन विभागले तुरुन्त सुधारका कदम चाल्नुपर्छ ।’

आयोगले सीमाक्षेत्रमा रहेको कारागारको सुरक्षामा सरकारको ध्यानाकर्षण गराउँदै, भीडभाड कम गर्ने र मानवअधिकार अनुकूल सुविधा उपलब्ध गराउन जोड दिएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य
मङ्गलबार ३० असार, २०८३
मन्त्रिपरिषद्का ५ निर्णय: मिटरब्याज आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवामा कार्यकारी अध्यक्ष नियुक्तिसम्म
मङ्गलबार ३० असार, २०८३
सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज
मङ्गलबार ३० असार, २०८३
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री
मङ्गलबार ३० असार, २०८३
उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै
मङ्गलबार ३० असार, २०८३
गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?
मङ्गलबार ३० असार, २०८३
प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई
मङ्गलबार ३० असार, २०८३
फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०