सुनसरी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, २८ जना घाइते (विवरणसहित)

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ साउन, २०८२
९ महिनाअघि

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बबीच (बलुवा चौक)मा भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सोमबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इनरुवा लौकही सडक खण्डमा काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे. १ ख. १७९९ नम्बरको बस र राजबिराजबाट विराटनगर जाँदै गरेको प्र. २९० १९००१ ज. ००४७ नम्बरको माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार प्रहरीका अनुसार मृत्यु हुने तीन पुरुष र एक महिला छन् ।

मृत्यु हुनेमा कोशी गाउँपालिका-६ का लक्ष्मण सदा र सप्तरीको महादेवा गाउँपालिका शंकर मण्डल रहेका छन् । मृतक थप एक जना पुरूष र एक महिलाको भने पहिचान खुलिसकेको छैन ।

ग्लोबल कार्डियो न्युरो अस्पताल भोक्राहामा तीन जना पुरुषको शव राखिएको छ भने जिल्ला अस्पतालमा एक महिलाको शव राखिएको छ ।

दुर्घटनामा २८ भन्दा बढी घाइते भएका छन् । केही घाइतेको जिल्ला अस्पताल सुनसरी र विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल कार्डियोमा १२ जनाको उपचार हुँदै छ । जसमध्ये ३ जना सघन उपचार कक्ष (आइसियू) र अन्य नौजना वार्डमा उपचाररत छन् ।

ग्लोबल कार्डियोका अनुसार समयमै उपचारका लागि ल्याइएका केही गम्भीर घाइतेको ज्यान जोगिएको छ । इनरूवा अस्पतालका अनुसार उपचारका लागि ल्याइएका ६ जनामध्ये ३ जनालाई गोल्डेन अस्पताल उपचारार्थ पठाइएको छ ।

सुनसरी प्रहरीका अनुसार, घटनामा जम्मा २८ जना घाइते भएका छन् । सामान्य घाइते ३ जना डिस्चार्ज भएका छन् ।

प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार घाइते हुनेमा मोरङको सुन्दरहरैँचा-९ की अम्बिका राई , खोटाङ रावाबेँसी-२ की निरुता परियार, ३८ वर्षीय निर्मल परियार, सप्तरीको महदेवा-६ का रविन्द्रप्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका-५ का ५० वर्षीया रेनुका श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, झापाको शिवसतासी नगरपालिका-५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर नगरपालिका-९ का ५३ वर्षीय सन्तोष खत्री, उदयपुर बेलस्रोतका २० वर्षीय दीपक वि.क., इलाम चुलाचुली गाउँपालिका-३ का ३६ वर्षीय सविन राई, सप्तरीका रविन्द्र मेहता, गोइठी गापा-३ का ६८ वर्षीय जिवछ महात्मा, खोटाङ हलेसी तुवाचुङ नपा-१० का ८४ को नेत्रलाल गिरीको टाउँको दाहिने खुट्टामा चोट लागेको छ ।

सोही दुर्घटनामा नेत्रलाल गिरी र उहाँको छोरा केदार गिरीसमेत घाइते भएका छन् ।

त्यसैगरी, गोल्डेन अस्पताल विराटनगरमा १० जनाको उपचार भइरहेको छ ।

घाइतेहरूमा झापा अर्जुनधारा नपा-१, साजनटारका २० वर्षीय सत्य राई, राजविराज-६ का रुद्र राय, मोरङको विराटनगर मनपा–१० का ४८ वर्षीया शाेभा यादव, राजविराज नपा-१२ का ४४ वर्षीय प्रमोद रजक, तिलाठी गापा.–५ का २२ वर्षीय रवि राय, राजविराज न.पा-२ का २४ वर्षीय भोला यादव, राजविराज तेतरी गाछीका ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गा.पा-६ श्रीपुरका ६० वर्षीय जोगिन्द्र दास (बाबा), डाक्नेश्वरी न.पा. ३ का ३० वर्षीय अमृता राय रहेका छन् ।

सोही दुर्घटनामा सप्तरीको राजविराज–४ का २१ वर्षीय सन्तोष बास्तोला (माइक्रो सह चालक) विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ ।

प्रकाशित समय: सोमबार २७ साउन, २०८२, १५:०९:०३

सम्बन्धित खबर

नेपाली सेनाले मोरङका स्थानीय तहसँग माग्यो सुकुम्बासीको विवरण

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१ घण्टाअघि

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार १५ ब‌ैशाख, २०८३
६ घण्टाअघि

अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप

मङ्गलबार १५ ब‌ैशाख, २०८३
६ घण्टाअघि

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१० घण्टाअघि

दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१० घण्टाअघि

धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१० घण्टाअघि
नेपाली सेनाले मोरङका स्थानीय तहसँग माग्यो सुकुम्बासीको विवरण
मङ्गलबार १५ ब‌ैशाख, २०८३
ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप
मङ्गलबार १५ ब‌ैशाख, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मङ्गलबार १५ ब‌ैशाख, २०८३
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरको फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा भएको विवाद अदालतसम्मै पुग्यो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०