ट्राफिक जरिवाना बढाउने तयारी, तीव्र गतिमा कुदाए पाँच हजार तिर्नुपर्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ साउन, २०८२
११ महिनाअघि

काठमाडौँ । यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ ।

सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि सो विधेयक संसद्मा पेस गरिने छ ।

मन्त्रालयका सहसचिव एवं पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउनुका साथै बढ्दै गएको ट्राफिक नियम उल्लङ्घन न्यून गर्न नयाँ ऐन ल्याउन लागिएको बताए ।

नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ ।

त्यसै गरी पाँच सयदेखि ५० हजार रुपैयाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ ।

चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपैयाँ जरिबाना गरिने व्यवस्था गरिएको हो ।

ऐनमार्फत एकै पटक कारबाहीको दायरा र जरिबाना रकम बढाउन लागिएको उनको भनाइ छ ।

कसैलाई किची, ठक्कर दिई सो व्यक्तिको मृत्यु भएको अवस्थामा ज्यान मार्ने मनसाय प्रमाणित भए सवारीसाधन चलाउने व्यक्तिलाई जन्मकैद व्यवस्था प्रस्ताव गरिएको छ ।

नयाँ ऐन लागु भइसकेपछि ट्राफिक नियम उल्लङ्घन गर्ने निरुत्साहित हुनुका साथै मुलुकको यातायात थप व्यवस्थित हुने महाशाखा प्रमुख पन्थको भनाइ छ ।

जरिबाना कम हुँदा ट्राफिक नियम उल्लङ्घन बढ्ने गरेको बताउँदै उनले उल्लङ्घन निरुत्साहित गर्न ऐनमार्फत जरिबाना बढाउन लागिएको स्पष्ट पारे ।

के के छ जरिबाना ?

रातको समयमा बत्ती नबाली सवारीसाधन चलाएमा दुई हजार, सार्वजनिक सवारीमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा तीन हजार, वन–वे सडकमा सवारी चलाए एक हजार, प्रशिक्षण अवधिमा तोकिएको स्थानमा प्रशिक्षक साथमा नराखी सवारी चलाएमा तीन हजार, ट्राफिक प्रहरीले दिएको सङ्केत (इसारा) उल्लङ्घन गरेमा एकदेखि दुई हजार, सार्वजनिक सवारीमा यात्रीलाई टिकट नदिएमा दुई हजार रुपैयाँ जरिबाना गरिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

त्यसै गरी विधेयकमा निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपियाँ, लामो बाटोमा सञ्चालन हुने सवारीसाधनले प्रत्येक आठ घण्टामा चालक परिवर्तन नगरेमा पाँच हजार, सवारीसाधनबाट सडकमा फोहोर फालेमा एक हजार, सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र अद्यावधिक नगरी सवारी चलाएमा दुईपाङ्ग्रेको हकमा पाँच हजार, तीनपाङ्ग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा ठुला सवारीका हकमा १५ हजार रुपैयाँ जरिबाना गरिने व्यवस्था गरिएको छ ।

त्यसै गरी ट्राफिक चिह्न र सङ्केत पालना नगरेमा एक हजार, नयाँ व्यवस्था अनुसार तोकिएकाभन्दा बढी गतिमा सवारी चलाए पाँच हजार रुपियाँ, अरूलाई हानि पुग्ने गरी सवारी चलाएमा २५ हजार रुपियाँ, ओभरटेक गर्न नहुने ठाउँमा ओभरटेक गरेमा दुई हजार, सार्वजनिक सवारीसाधनमा भाडादरको सूची नराखेमा एक हजार रुपैयाँ जरिबाना प्रस्ताव गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक प्रहरीले अहिले काठमाडौँ उपत्यकामा मासिक करिब ९० हजार सवारीसाधनलाई सडक नियम मिचेकोमा कारबाही गरिँदै आएको जानकारी दिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य
मङ्गलबार ३० असार, २०८३
मन्त्रिपरिषद्का ५ निर्णय: मिटरब्याज आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवामा कार्यकारी अध्यक्ष नियुक्तिसम्म
मङ्गलबार ३० असार, २०८३
सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज
मङ्गलबार ३० असार, २०८३
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री
मङ्गलबार ३० असार, २०८३
उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै
मङ्गलबार ३० असार, २०८३
गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?
मङ्गलबार ३० असार, २०८३
प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई
मङ्गलबार ३० असार, २०८३
फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०