ट्रम्पसँग भेटको मिति टुंगिनुअघि चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच फोन वार्ता

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
१ वर्षअघि

 चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्।

वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेन संकटप्रति चीनको अडान दोहोर्‍याउँदै यस जटिल समस्याको कुनै सरल समाधान नरहेको उल्लेख गरेका छन् ।

Advertisement

राष्ट्रपति सीले भने, ‘युक्रेन संकट जस्तो जटिल मुद्दा समाधान गर्न सजिलो उपाय हुँदैन। परिस्थिति जस्तोसुकै भए पनि चीनले आफ्नो स्थिर र सैद्धान्तिक अडान कायम राख्नेछ । शान्तिका लागि संवादलाई अघि बढाउने प्रयत्न जारी राख्नेछ।’

उनले रुस र अमेरिकाबीचको संवादलाई स्वागतयोग्य कदम भन्दै दुई देशबीचको सम्बन्ध सुधार र युक्रेन संकटको राजनीतिक समाधानलाई अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

टेलिफोन वार्तामा दुवै राष्ट्रपतिले आउँदो शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनसम्बन्धी तयारीमा सहकार्य गर्ने सहमति जनाएका छन्।

सम्मेलन चीनको तिआनजिन शहरमा आयोजना हुने भएको छ। दुवै नेताले सम्मेलनलाई ‘मैत्री, ऐक्यबद्धता र सकारात्मक उपलब्धिको सफल मञ्च’ बनाउने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रपति सीले जोड दिँदै भने,‘चीन र रुसबीचको सहकार्यले शाङ्घाई सहयोग संगठनको गुणस्तरीय विकासमा टेवा पुर्‍याउनेछ।’

चीनको यस्तो प्रयासलाई असैन्य, संवादमुखी, बहुपक्षीय समाधानको रणनीतिको प्रतिबिम्ब भनिउको छ । रुससँगको गहिरो साझेदारी कायम राख्दै चीन अन्तर्राष्ट्रिय समुदायमा संयमित मध्यस्थकर्ताको छवि बनाउने कोसिसमा छ ।

रुस–युक्रेन युद्ध सन् २०२२ को फेब्रुअरीदेखि जारी छ। चीनले सुरूदेखि नै यो युद्धमा तटस्थताको नीति लिँदै आएको छ। उसले यस तनावक शान्तिपूर्ण समाधानको पक्षमा आफूलाई उभ्याउँदै आएको छ।

रुससँगको रणनीतिक साझेदारी कायम राख्दै चीनले युक्रेन संकटमा ‘संवाद र कूटनीति’बाट समाधान खोज्नुपर्ने धारणा अघि सार्दै आएको छ। शुक्रबार भएको टेलिफोन वार्ता त्यसैको निरन्तरताका रुपमा चिनियाँ सञ्चारमाध्यमले व्याख्या गरेका छन् ।

भेट होलान् ट्रम्प–पुटिन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साउन २१ गते मस्कोमा करिब तीन घण्टा लामो बैठक भएको छ। ट्रम्पले उक्त बैठकलाई फलदायी भएको बताएका छन्।

न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले अबको साता भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्ने योजना बनाएका छन्। उनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई समेत समेटेर त्रिपक्षीय बैठक गर्ने चाहना राखेका छन् ।

राष्ट्रपति पुटिनले आफ्नो भनाइमा युएई (संयुक्त अरब इमिरेट्स) सम्भावित स्थल हुन सक्ने संकेत दिएका छन्।

फक्स न्यूजका अनुसार ट्रम्प र पुटिनबीचको सम्भावित अर्को बैठक आगामी सोमबार, अगस्त ११ (साउन २६), इटालीको रोम शहरमा हुन सक्ने अनुमान छ।

रुस–युक्रेन युद्ध जारी रहेकै बेला ट्रम्प सक्रिय कूटनीतिक भेटघाटमा देखिएका छन्। पुटिनसँगको भेटले अमेरिकी र रुसी सम्बन्ध सुधारका पहललाई नयाँ दिशा दिने विश्वास गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०