२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ असोज, २०८३
२ घण्टाअघि

विराटनगर । काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर अवैध रूपमा सुन प्रशोधन गर्ने गरेको आरोपमा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट करिब २१ किलो सुन बरामद गरेको जनाएको छ।नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले बिहीबार साँझ बूढानीलकण्ठस्थित साढे दुईतले घरमा छापा मारेको थियो।

Advertisement

प्रहरी टोली पुग्दा घरभित्र सुन गाल्ने काम भइरहेको स्रोतले जनाएको छ। पक्राउ गर्ने क्रममा प्रहरी र आरोपितहरूबीच केहीबेर धक्कामुक्कीसमेत भएको बताइएको छ।

घरमा खानतलासी गर्दा प्रहरीले सुन गाल्ने, गुणस्तर जाँच गर्ने तथा विभिन्न आकारमा ढाल्ने उपकरणहरू पनि बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार चिनियाँ नागरिकहरूले घरमा च्यानल गेट र सीसीटीभी जडान गरी व्यवस्थित रूपमा सुन प्रशोधनको काम गर्दै आएका थिए।

प्रहरीले बरामद गरेको सुन कहाँबाट ल्याइएको थियो, कुन नाकाबाट नेपाल भित्र्याइएको थियो र प्रशोधनपछि कसलाई आपूर्ति गर्ने गरिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

कारोबारमा अन्य व्यक्ति वा समूहको संलग्नता रहे-नरहेकोबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।

बरामद सुनको वास्तविक परिमाण र गुणस्तर यकिन गर्न गुणस्तर तथा नापतौल विभागका कर्मचारी र सुनचाँदी व्यवसायीका प्रतिनिधिको सहयोगमा परीक्षण भइरहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

Tribhuwan University image

त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने

शुक्रबार २३ असोज, २०८३
१ घण्टाअघि

१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी

शुक्रबार २३ असोज, २०८३
२ घण्टाअघि

एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर

शुक्रबार २३ असोज, २०८३
३ घण्टाअघि

३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

शुक्रबार २३ असोज, २०८३
३ घण्टाअघि

दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड

शुक्रबार २३ असोज, २०८३
३ घण्टाअघि

गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा

शुक्रबार २३ असोज, २०८३
४ घण्टाअघि
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर
शुक्रबार २३ असोज, २०८३
३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
शुक्रबार २३ असोज, २०८३
दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड
शुक्रबार २३ असोज, २०८३
गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते
शुक्रबार २३ असोज, २०८३
मतदान गर्न राष्ट्रिय सभागृह पुगे गगन थापा
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०