बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
११ महिनाअघि

एजेन्सी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढाउनुपर्ने बताएका छन् ।

बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाको शपथ समारोहमा मन्त्री खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउन लाग्नुपर्ने बताएका हुन् ।

मन्त्री खड्काले बूढीगण्डकी जस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेकाले यसलाई स्पष्ट कार्य योजनासहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढाउन निर्देशन दिए ।

आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उनले बताए  । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको व्यावसायिक अनुभवले आयोजनालाई गति दिने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।

आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो ।

‘एक हजार २०० मेगावाट क्षमताको यो बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान पुग्नेछ, यो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य तथा उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नुपर्छ,’ मन्त्री खड्काले भने ।

प्रमुख कार्यकारी अधिकृत रजौरियालाई कम्पनीका अध्यक्ष एवं ऊर्जा सचिव सुरेश आचार्यले शपथग्रहण गराउनुभएको थियो । शपथग्रहण समारोहमा जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडी र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

प्रकाशित समय: शुक्रबार २४ साउन, २०८२, १७:१२:४३

सम्बन्धित खबर

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य
मङ्गलबार ३० असार, २०८३
मन्त्रिपरिषद्का ५ निर्णय: मिटरब्याज आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवामा कार्यकारी अध्यक्ष नियुक्तिसम्म
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०