बडीमालिका र बूढीनन्दामा पूजा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
११ महिनाअघि

एजेन्सी । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ शुक्रबार पूजा लागेको छ । आस्थाको धरोहरका रूपमा लिइएको बडीमालिकासहितका अन्य धार्मिक क्षेत्रमा पनि आज नै मेला तथा पूजा लाग्ने गरेको छ ।

जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख दैलेखलगायत शक्ति पीठहरुमा पूजा लाग्छ ।

बडीमालिकामा लाग्नेमा हजारौँ दर्शनार्थीको भीड लागेको छ । धार्मिक तथा रमणयीय क्षेत्र बडीमालिका र बूढीनन्दाको तालसहित फाँटहरूको मनोरम दृश्य अवलोकन गर्न दर्शनार्थी आउने गरेका बडीमालिकाका पुजारी भानुभक्त पाध्याले बताए ।

उनका अनुसार शक्तिका रूपमा रहेकी बडीमालिकाले निःशसन्तान भएकालाई सन्तान प्राप्ति हुने, मनोकाङ्क्षा पूरा हुनेहुँदा बडीमालिकामा बढी दर्शनार्थीको घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताए  । बडीमालिका र बूढीनन्दा दिदीबहिनीका रूपमा रहेकाले बडीमालिका र बूढीनन्दाको एकसाथ पूजा लाग्ने गरेको उनी बताउँछन् ।

बडीमालिकामा रहेका २२ पाटन, खेतीबेती, त्रिवेणीधाम  लगायतका क्षेत्रको थुपै्र अन्य दृश्यवलोकन गर्न पाउने गरेको पुजारी पाध्यायको भनाइ छ । यस्तै बूढीनन्दामा रहेका राक्षस ताल, झरना, सुन्दर फाँट रहेका छन् ।

बडीमालिकामा सरकारी पूजा 

आस्थाको धरोहरका रूपमा रहेको बडीमालिकामा बिहानबाट नै दर्शनार्थीसहित चार जिल्लाको सरकारी पूजा लागेको छ । बडीमालिकाका लागि आएको सरकारी पूजा डोटी, जुम्ला, कालीकोट र बाजुराको सरकारी पूजा एकसाथ लागेको हो ।

बडीमालिकाका लागि डोटी, बाजुरा, जुम्ला र कालीकोटबाट हरेक वर्ष सरकारी पूजाका लागि टोली आउने गरेको छ ।

सेनाको स्वास्थ्य शिविर 

बडीमालिकामा गएका दर्शनार्थीका लागि ईश्वरी बक्स गुल्म बाजुराले तीन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञचालन गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका समुन्द्री सतहबाट तीन हजार ४०० मिटरको उचाइमा छ । भक्तजनलाई अक्सिजन अभावका कारण लेक लाग्छ ।

नेपाली सेनाले त्रिवेणीधाम, बडीमालिका परिसर र बीच बाटोमा गरी तीन ठाउँमा शिविर सञ्चालन गरेको छ । बिहीबारसम्म सेनाले ६०० जनाभन्दा बढीको उपचार गरेकहो गुल्मले जनाएको छ । आज पूजा सकिएपछि बडीमालिकाबाट तीर्थयात्री त्रिवेणी नगरपालिकास्थित नाटेश्वरीमा जनैपूर्णिमा मेलामा दर्शन गरी घर फर्किने गर्छन् ।

प्रकाशित समय: शुक्रबार २४ साउन, २०८२, १७:०१:३६

सम्बन्धित खबर

रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य
मङ्गलबार ३० असार, २०८३
मन्त्रिपरिषद्का ५ निर्णय: मिटरब्याज आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवामा कार्यकारी अध्यक्ष नियुक्तिसम्म
मङ्गलबार ३० असार, २०८३
सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज
मङ्गलबार ३० असार, २०८३
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०