आज देशभर मनसुनको प्रभाव रहने : चार प्रदेशमा भारी वर्षाको सम्भावना

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
११ महिनाअघि

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ ।

देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ ।

मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

प्रकाशित समय: शुक्रबार २४ साउन, २०८२, ०७:१५:११
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०