राखीको चहलपहल सुरु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ । साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । ब्रतालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्मनिरीक्षण गर्छन् । यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका दिन मनाइने ‘राखी’ विशिष्ट पर्व मानिन्छ । मिथिलामा साउन शुक्लपक्ष सुरु हुनासाथै राखीको चहलपहल सुरु हुन्छ । खासमा यो पर्व दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र समर्पणको प्रतीक मानिन्छ । साउन पूर्णिमा नजिकिएसँगै अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक छाएको छ । मिथिलामा आगामी शनिबार राखी पर्व मनाइँदैछ ।

पर्व नजिकिएसँगै यहाँ दाजुभाइ दिदीबहिनीबीच प्रेम दर्शाउने गीत गुञ्जिन थालेका छन् । पर्वको तयारीले अहिले सम्पूर्ण मिथिला क्षेत्र राखीमय बनेकाे छ । ठूला सहर होउन् वा ग्रामीण परिवेशका बजार होउन्, सबैतिर दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । पर्व आउन एक सातामात्र बाँकी हुँदा दिदीबहिनी आफ्ना दाजुभाइ को कहाँ छन् ? सोधखोज गर्न लागेका छन् । दाजुभाइलाई राखी बाँध्न निम्ता दिनु, आफ्ना दाजुभाइको नाडीमा सुहाउने राखी ठम्याउनु र पर्वका दिन ख्वाउने सरदामबारे तयारी गर्नु मिथिलानीको अहिलेको प्रमुख काम हुने गरेको छ । यो पर्व विवाहित चेलीले दाजुभाइ आफ्नै घरमा बोलाएर वा माइत आएर मनाउँछन् । अविवाहित चेलीहरूको त दाजुभाइसँगैको एउटै घर भएपछि पर्व मनाउन सहज नै बन्दछ । मिथिलामा दाजुभाइ दिदीबहिनीबीचका मुख्य तीनवटा पर्व परम्परा छन् । साउन शुक्ल पूर्णिमाको राखी, कात्तिक शुक्ल द्वितीयाको भैयादूज (भाइटीका) र कात्तिक शुक्लपक्षकै सामाचकेवा । तीनै पर्वमध्ये राखी वर्षको पहिलो पर्व हुँदा यो विशेष रहँदै आएको बर्दिबास–२ की १८ वर्षीया कीर्ति महतो बताउँछिन् । ‘हामी तीनवटै पर्व हाँसीखुसी मनाउँछौँ, यो (राखी) पहिलो हुँदा बढी रमाइलो लाग्छ’, उनी भन्छिन् ।

Advertisement

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको मुख्य सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारहाटमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी चेलीहरूको चहलपहल ह्वात्तै बढेको छ । अहिले साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमाघरले पर्वविशेषमा राखी पर्वको अवसर पारेर दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत लगातार गुञ्जाइरहेका छन् । सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको छ । दिदीबहिनीको यो तयारीबीच दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउने योजना बुन्दैछन् ।

पर्वलाई लक्षित गरी अहिले व्यापारी पनि रङ्गीबिरङ्गी राखी पसलमा सजाउन व्यस्त देखिन्छन् । पर्वका लागि विभिन्न प्रकारका राखीको माग हुने गरेको हुँदा अहिले आफू दिनरात नभनी पसलमा सामान जुटाउन व्यस्त रहेको बर्दिबास–१ भेलावसन्तचोकस्थित शिवम् भण्डारका सञ्चालक श्याम महतोले बताए । अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको मिथिला क्षेत्रमा विश्वास गरिन्छ ।

पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरूले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा व्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदायमात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
१७ घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
१९ घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
२० घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
२० घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
२० घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
२१ घण्टाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०