सलमान खानको ‘कालो हरिण सिकार’ मुद्दा २५ वर्षपछि सुनुवाइ हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

बलिउड अभिनेता सलमान खानको कालो हरिण (ब्ल्याकबक) सिकार मुद्दाले २५ वर्ष पूरा गरिसकेको छ, तर यसको अन्तिम नतिजा अझै टुङ्गिएको छैन। अभिनेता सलमान खानले कालो हरिण शिकार मुद्दामा आफूलाई सुनाइएको पाँच वर्षको जेल सजायविरुद्ध राजस्थान उच्च अदालतमा दिएको अपिलमाथि आगामी असोजमा सुनुवाइ हुने भएको छ।

सन् १९९८ मा सुरु भएको यो विवाद बलिउड मात्र नभई सम्पूर्ण कानुनी र सामाजिक जगतमा चर्चा को केन्द्रबिन्दु बनेको छ। यो मुद्दामा सलमान खानसहित कलाकारहरू सैफ अली खान, सोनाली बेंद्रे, तब्बु र नीलम पनि जोडिएका थिए । धेरै कलाकार जोडिएकाले पनि यो घटना थप संवेदनशील बनेको छ ।

घटनाक्रम सुरु भयो सेप्टेम्बर १६, १९९८ मा, जब फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा जोधपुर नजिकै मथानिया गाउँको बावड क्षेत्रमा सलमानले दुईवटा चिङ्कारा (वनहरिण) सिकार गरेको आरोप लाग्यो। त्यसपछि सेप्टेम्बर २८ मा उनले फेरि घोडा फार्ममा अर्को चिङ्कारा मारेको भन्ने हल्ला सनसनी फैलियो। यस घटनाप्रति संवेदनशील रहेको बिश्नोई समुदायले अक्टोबर २ मा उजुरी दर्ता गर्‍यो । अक्टोबर १२ मा गिरफ्तारीमा परेका सलमान केही दिनमै धरौटीमा रिहा भए ।

अदालतले यो मुद्दालाई गम्भीरतापूर्वक लिएर अप्रिल १०, २००६ मा सलमान खानलाई वन्यजन्तु संरक्षण ऐन अन्तर्गत दोषी ठहर गर्दै पाँच वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो। तर यो फैसला विरुद्ध सलमानले उच्च अदालतमा अपील दायर गरे। अगस्ट ३१, २००७ मा राजस्थान उच्च अदालतले सजाय निलम्बन गर्दै विदेश जानुअघि अनुमति लिनुपर्ने आदेश जारी गर्‍यो र हातहतियार ऐन अन्तर्गतको मुद्दा खारेज गर्‍यो।

जुलाई २५, २०१६ मा उच्च अदालतले सलमानलाई सिकार मुद्दामा प्रमाण अभावको आधारमा सफाइ दियो, जसले सबैलाई अचम्मित बनायो। यद्यपि राज्य सरकारले यो फैसला सर्वोच्च अदालतमा चुनौती दियो र नोभेम्बर ११, २०१६ मा छिटो सुनुवाइका लागि स्वीकृति  पायो।

अप्रिल ५, २०१८ मा जोधपुरको एक अदालतले सलमान खानलाई पुनः पाँच वर्ष जेल सजाय र १० हजार जरिवाना सुनायो भने अरु कलाकारहरूलाई बेकसुर ठहर गर्‍यो। दुई दिनपछि सलमान धरौटीमा रिहा भए। पछि फेब्रुअरी २०२१ मा राज्य सरकारले सलमानमाथि झूटो कसम खाएको दाबी गर्दै नयाँ मुद्दा दायर गर्‍यो, तर अदालतले उक्त दाबी खारेज गर्‍यो। मार्च २१, २०२२ मा राजस्थान उच्च अदालतले दुई अन्य मुद्दालाई पनि मुख्य मुद्दासँग जोडेर एकैसाथ सुनुवाइ गर्ने अनुमति दियो।

भारतीय मिडियाका अनुसार, आगामी सेप्टेम्बर २२, २०२५ मा राजस्थान उच्च अदालतले सलमान खान र राज्य सरकार दुवैको अपीलमा सुनुवाइ गर्ने तयारी गरिरहेको छ। यो फैसला न केवल सलमानको कानूनी यात्राको निर्णायक मोड हुनेछ, तर भारतीय न्याय प्रणालीमा लामो समयदेखि चलेको एउटा संवेदनशील मुद्दाको अन्त्य हुने अपेक्षा छ ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १०:३६:४९
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०