विराटनगर । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्किएको छ । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०२६ मा नेपालको स्थान एक स्थान खस्किएको छ।
समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता २०२६ वार्षिक प्रतिवेदन अनुसार नेपाल १६५ देशमध्ये ९०औँ स्थानमा परेको छ।
गत वर्ष नेपाल ८९औँ स्थानमा रहेको थियो।समृद्धि फाउन्डेसनले नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको यसपटक लगातार १९औँ पटक हो।