विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ३ सयमा रुपैयाँ कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।