मानव बेचबिखनको रोकथामलाई प्रभावकारी बनाउन आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ साउन, २०८२
९ महिनाअघि

राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन रोकथामलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । आयोगले मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोगले मानव बेचबिखनको रोकथामलाई प्रभावकारी बनाउन आग्रह गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।
‘मानव बेचबिखन विरुद्धको कार्यलाई थप प्रभावकारी बनाउन, स्थानीय तहले वैदेशिक रोजगारलगायत विभिन्न कार्यका लागि पालिका छोडी जाने व्यक्तिको यकिन तथ्यांक राख्नुपर्ने जरुरी छ’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बेचबिखन जस्तो आपराधिक कार्य गर्ने पीडकलाई कारबाहीको दायरामा ल्याउन, पीडितको समयमा नै पहिचान तथा संरक्षण गर्न, पीडितलाई आवश्यक पर्ने कानुनीलगायत अन्य सहयोग समयमा नै उपलब्ध गराउन तिनै तहका सरकारलगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।’

आयोगले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका सन्दर्भमा द्विपक्षीय सहयोगमा अभिवृद्धि हुन नसक्नुका साथै प्रभावितहरूको न्यायका लागि द्विपक्षीय कानुनी सहयोगकोसमेत अभाव देखिएको जनाएको छ ।

‘स्थानीय तहसँग वैदेशिक रोजगारलगायत विभिन्न कार्यका लागि पालिका छोडी जाने व्यक्तिको छुट्टै विवरण नहुँदा के–कति व्यक्ति मानव बेचबिखनको जोखिममा परेका हुन् भन्ने सही तथ्याङ्कसमेत रहेको पाइँदैन’, आयोगले भनेको छ, ‘आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउन नसक्दा बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै गएका छन्, मानव बेचबिखनविरुद्धको कार्यमा तीनै तहका सरकारको प्रभावकारी भूमिका हुन नसकेको देखिन्छ ।’ नेपाल पालेर्मो प्रोटोकलको पक्ष राष्ट्र बनेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रियामा गए पनि प्रोटोकलअनुरूप संशोधन हुनुपर्ने अन्य राष्ट्रिय कानुनहरू संशोधन हुन सकेका छैनन् ।

खुला सिमानाबाट हुने मानव बेचबिखन बढ्दो अवस्थामा रहेको र बालबालिकालाई डान्सबार, सर्कस, होटललगायतमा पुर्‍याई श्रम तथा यौन शोषणसमेत हुने गरेको पाइएको छ । बेचबिखन अन्तर्देशीय सङ्गठित अपराधसमेत भएकाले पीडितलाई क्षतिपूर्ति दिलाउन र पीडकको पहिचानगरी कानुनी दायरामा ल्याउन कठिनाइ उत्पन्न हुने गरेको देखिएको आयोगले जनाएको छ ।

“विश्वमै सङ्गठित आपराधिक सञ्जालमार्फत किशोरी र महिलालाई यौन शोषणका लागि तथा किशोर र पुरुषलाई जबर्जस्ती श्रमका लागि सामाजिक सञ्जालहरूलाई प्रयोग गरेर सीमापारी मानव बेचबिखनको कार्य भइरहेको छ”, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय: बुधबार १५ साउन, २०८२, १९:००:०५

सम्बन्धित खबर

कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा

सोमबार १४ ब‌ैशाख, २०८३
१४ घण्टाअघि

संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

सोमबार १४ ब‌ैशाख, २०८३
१५ घण्टाअघि

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय

सोमबार १४ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

सोमबार १४ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त

सोमबार १४ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सोमबार १४ ब‌ैशाख, २०८३
१८ घण्टाअघि
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
सोमबार १४ ब‌ैशाख, २०८३
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित
सोमबार १४ ब‌ैशाख, २०८३
सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त
सोमबार १४ ब‌ैशाख, २०८३
सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सोमबार १४ ब‌ैशाख, २०८३
नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव
सोमबार १४ ब‌ैशाख, २०८३
सङ्खुवासभामा विद्यालयमै प्रधानाध्यापक कुटपिट, दुई शिक्षक पक्राउ
सोमबार १४ ब‌ैशाख, २०८३
स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०