बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ साउन, २०८२
१२ महिनाअघि

अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा  अर्थ मन्त्रालय वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।

सदस्यहरूमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपसचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी हुन्। कार्यदलको सदस्य सचिवमा वित्तीय सङ्घीयता महाशाखाका उपसचिव रहेका छन् ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं.३५९ मा विनियोजन कुशलता कायम गरी सार्वजानिक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धि बढाउने, संघीय सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाउने उल्लेख छ । यसैगरी सार्वजनिक ऋणको उत्पादनशील उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने उल्लेख छ ।

बजेटको बुँदा नं। ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ ।

बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो । संविधानको धारा ५९ मा सङ्घ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य कानून अनुशासन सम्बन्धी व्यवस्था सङ्घीय कानून बमोजिम हुने उल्लेख छ ।

प्रकाशित समय: बुधबार १५ साउन, २०८२, १७:३०:५३
सप्तकोशीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए
बिहिबार ३२ असार, २०८३
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
बिहिबार ३२ असार, २०८३
कोशीमा धान रोपाइँ सुस्त, असारको अन्त्यसम्म ५५ प्रतिशत मात्रै सम्पन्न
बिहिबार ३२ असार, २०८३
मोरङकाे रंगेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार ३१ असार, २०८३
कोशी सरकारको निर्णय कार्यान्वयन: कृषि मन्त्रालयमा हप्तामा दुई दिन स्थानीय पोसाक अनिवार्य
बुधबार ३१ असार, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे चार मन्त्रीलाई बर्खास्त
बुधबार ३१ असार, २०८३
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०