धमाधम पुराना खानेपानी आयोजना सञ्चालन गरिँदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१२ महिनाअघि

सिरहाको धनगढीमाई नगरपालिकाको थटियास्थित एक पुरानो खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याइएको छ । आयोजनास्थलमा जीर्ण सोलार प्लान्ट मर्मत, नयाँ विद्युत् ट्रान्सफर्मर खरिद र जडानपछि तत्कालका लागि दुईमध्ये एक बोरिङबाट पानी वितरण सुरु गरिएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख विश्वनाथप्रसाद यादवका अनुसार खडेरीका कारण सिर्जित पानी अभावको समयमा यो आयोजना सञ्चालनले करिब ४०० घरधुरीलाई राहत पुगेको छ ।

विसं २०७०-७१ मा सुरु गरिएको आयोजना २०८० सालमा ट्रान्सफर्मर चोरी भएपछि सञ्चालन गर्न सकिएको थिएन । विभागको थप बजेट सहयोगमा आयोजना सञ्चालन सम्भव भएको धनगढीमाई–१२ का वडाध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिए ।

वडाध्यक्ष ठाकुरका अनुसार, आयोजनामा १२–१२ इञ्च व्यासका दुई थान बोरिङ, २५० घनमिटर क्षमताको ओभरहेड ट्याङ्की, कार्यालय तथा आवास भवन निर्माण गरिएका छन् ।

यसैगरी, धनगढीमाई–९, चैनपुरमा १४ वर्षअघि सुरु गरिएको अर्को खानेपानी आयोजना सञ्चालनका लागि हाल पाइप बिछ्याउने काम भइरहेको छ । आव २०६८र६९ मा सुरु गरिएको आयोजनाको काम रोकिएको थियो । हाल वडा कार्यालयको बजेटमा खन्ने र पुर्ने तथा डिभिजनले उपलब्ध गराएको बजेटले पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष प्रकाश योञ्जनले बताए। उनका अनुसार चैनपुर, मुसहर्निया, महुवा डाँडा र जिरोमाइलसम्म पाइप विस्तार गर्ने लक्ष्य छ ।

त्यसैगरी करिब आठ वर्षदेखि अलपत्र धनगढीमाई–१३, भोर्लेनीस्थित विष्णुपुरकट्टी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतको आयोजना पनि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सो आयोजनाका लागि पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए ।

धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले खडेरीको चपेटामा परेका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिकाले आवश्यक समन्वय, बजेट व्यवस्थापन र जनशक्ति परिचालन गरिरहेको बताए ।

प्रकाशित समय: सोमबार १३ साउन, २०८२, १९:२१:४०
जयवीर देउवाको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ
शुक्रबार १ साउन, २०८३
चिडियाखाना आजदेखि पुनः खुला
शुक्रबार १ साउन, २०८३
विश्वकप विजेतालाई पहिलोपटक ‘च्याम्पियनसिप रिङ’
शुक्रबार १ साउन, २०८३
बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बिना विभागीय
शुक्रबार १ साउन, २०८३
चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी
शुक्रबार १ साउन, २०८३
निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि
शुक्रबार १ साउन, २०८३
रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन
शुक्रबार १ साउन, २०८३
दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
शुक्रबार १ साउन, २०८३
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०