उपल्लो मुस्ताङमा विदेशी पर्यटकबाट २९ करोड राजस्व

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१ वर्षअघि

आर्थिक वर्ष २०८१-८२ मा उपल्लो मुस्ताङ भ्रमण गरेका विदेशी पर्यटकबाट नेपाल सरकारले रु २९ करोड ११ लाख ११ हजार राजस्व संकलन गरेको छ ।

त्यहाँ चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेबापत नेपाल सरकार अध्यागमन विभागले उक्त राजस्व संकलन गर्न सफल भएको हो ।

Advertisement

सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेका कारण उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकले उच्चस्तरको पर्यटकका रूपमा प्रवेशाज्ञा अनुमति लिनुपर्ने प्रावधान छ । त्यहाँ जाने विदेशी पर्यटकलाई अध्यागमनले विभागले १० दिनको प्रवेशाज्ञा अनुमति पत्र स्वरूप पाँच सय डलर शुल्क उठाउने गरिएको छ । त्यहाँ अनुमति बेगर जाने विदेशी पर्यटकहरू अवैध रूपमा प्रवेश गरिएको मानिन्छ ।

सरकारलाई त्यहाँ तोकिएको शुल्क बुझाएर अनुमति लिई जाने विदेशी पर्यटकलाई १० दिन कटेपछि थप दैनिक ५० डलर अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।  सरकारले गत वर्ष त्यहाँ पुगेका विदेशी पर्यटकबाट  २१ लाख नौ हजार पाँच सय अमेरिकन डलर राजश्व संकलन गरेको हो ।

यहाँको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा घोषणा गरेकाले उपल्लो मुस्ताङमा एकदमै न्यून विदेशी पर्यटकहरू मात्रै पुग्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०८१-८२ को बाह्र महिनाको अवधिमा ७३ राष्ट्रका कूल चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।

उपल्लो मुस्ताङमा उक्त सङ्ख्यामा विदेशी पर्यटक भित्रिदा चार सय ३६ जना फ्रान्सेली पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यो सङ्ख्या कूल विदेशी पर्यटक सङ्ख्याको (१०.३३) प्रतिशत हो । यसै गरी सोही वर्ष सबैभन्दा कम १२ राष्ट्रका एक-एक जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ ।

एक्याप लोमान्थाङको तथ्याङ्कअनुसार आव २०८०-०८१ मा ७१ राष्ट्रका तीन हजार ४४३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसबेला उपल्लो मुस्ताङ भित्रिने कुल विदेशी पर्यटक सङ्ख्यामध्ये ३९९ जना फ्रान्सेली पर्यटक थिए । यो सङ्ख्या कुल पर्यटकको (११.५८) प्रतिशत हो । यसै गरी सोही वर्ष  सबैभन्दा कम ७ राष्ट्रका एक-एक जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङको तथ्यांकमा उल्लेख छ ।

चालु आवको साउनदेखि ११ गतेसम्ममा १५ राष्ट्रका ६६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै बेल्जियमका १३ जना र सबैभन्दा कम लक्जेम्बरका एक जना विदेशी पर्यटक छन् । आव २०८१-८२ को साउनदेखि असार महिनासम्म कूल एक लाख ५० हजार चार सय ५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ भित्रिएका विदेशी पर्यटक सङ्ख्याको तुलनामा (२.८०) प्रतिशत मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएको तथ्यांकले देखाउँछ ।

आव २०८०-८१ को तुलनामा आव २०८१र८२ मा (१८.३९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । त्यहाँ निषेधित क्षत्रे कायम रहँदा उपल्लो मुस्ताङको पर्यटन व्यवसाय धरासयी भएको भन्दै उपल्लो मुस्ताङका जनप्रतिनिधि र पर्यटन व्यवसायीहरू असन्तुष्ट छन् । त्यहाँ कायम गरिएको निषेधित क्षेत्र खुला गर्न माग राख्दै पटक-पटक सरकारको ध्यानाकर्षण गर्ने गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
५ घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
७ घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
८ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
८ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
९ घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
९ घण्टाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०