लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ लामपाटीस्थित सडकमा सोही ठाउँ बस्ने एक जना पीडितको सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।