विराटनगरमा आयोजित २४ दिने सीप स्तरोन्नति तालिम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० असार, २०८२
१ वर्षअघि

विराटनगर । टेकफिनिटी सोलुसन्स एन्ड रिसर्च सेन्टर प्रालिको आयोजना गरेको २४ दिने सीप स्तरोन्नति तालिमको समापन गरिएको छ ।

विराटनगरस्थित ओएसिस क्याफेमा सोमबार तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उक्त तालिमको समापन गरिएको हो ।

Advertisement


क्यान महासंघ मोरङको सहकार्य तथा इन्स्यिर-हेल्भेटास नेपालको प्राविधिक सहयोगमा उक्त तालिम आयोजना भएको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आयोजक संस्था टेक्फिनिटी सोलुसनका फाउन्डर सुजित झा, इन्स्योर नेपालका घनश्याम लिम्बु, क्यान महासंघ मोरङका अध्यक्ष सुमितकुमार शाह, शीर्षक इन्टरप्राइजेजका डाइरेक्टर एवम् तालिम संयोजक स्वप्निल कार्की, आदर्श माविका टेक्स कार्यक्रम संयोजक पर्वत श्रेष्ठ र शब्द एक्सप्रेसका सम्पादक माधव काफ्लेले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै बक्ताहरूले विश्वबजारमा ‘ट्रेन्डिङ’ का रूपमा रहेको डिजिटल मार्केटिङबारे सिकेर स्वरोजगार बन्न सकिने भन्दै तालिमको औचित्य प्रकाश पारेका थिए ।

इन्स्योर नेपालका घनश्याम लिम्बुले दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाअन्तर्गत रहेर आयोजित सीप स्तरोन्नति तालिमले प्रशिक्षार्थीहरूको व्यक्तित्व विकासमा मात्र नभएर विश्व बजारमा आवश्यक जनशक्ति उत्पादनमा पनि टेवा पुर्‍याउने सुनाए ।

तालिममा ६० जनाका लागि कम्प्युटर अपरेटर र डिजिटल मार्केटिङका विषयविज्ञहरूले सहजीकरण गरेको तालिम संयोजक स्वप्निल कार्कीले बताए ।

केही वर्षयता निरन्तर आयोजना गरिँदै आएको यस्ता तालिमले भविष्यमा पनि निरन्तरता पाउने उनको भनाइ छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०