विराटनगरमा सापटी लिएको रकम बोकेर घर फर्किँदै गर्दा अपहरण गरेर लुटपाट, दुई जना समातिए

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ असार, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरमा सापटी लिएको रकम बोकेर घर फर्किँदै गर्दा अपहरण गरेर लुटपाट भएको छ ।

आफूलाई प्रहरीको रूपमा चिनाउँदै अपहरण र लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Advertisement

असार ११ गते बिहान करिब ११:१५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट ३ जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए ।

ती व्यक्तिहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई अपहरण गरी विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर लुटपाट गरेका थिए ।

अपहरित विक्रम साहका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको ३ लाख ६४ हजार रुपैयाँ बोकेर घर फर्कने क्रममा उनी अपहरणमा परेका थिए ।

‘हामी प्रहरी हौं’ भन्दै नियन्त्रणमा लिएको समूहले ‘पछाडि फर्केर हेरेमा मारिदिन्छौं’ भन्दै धम्क्याएर रकम लुटेको पीडित पक्षको भनाइ छ । लुटपाटपछि उनीहरू विक्रमलाई त्यहीँ छाडेर फरार भएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा अपहरण तथा लुटपाटमा संलग्न विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय तासिब अन्सारीलाई आइतबार पक्राउ गरेको हो ।

घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०