समाचार डिलिट गर्न दिएको आदेशप्रति पत्रकार महासंघको आपत्ति

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ जेठ, २०८२
१ वर्षअघि

नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश संविधानको व्यवस्था, मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाको भन्दै आपत्ति जनाएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै अदालतले मंगलबार नेपालखबर र बिजमाण्डुलाई समाचार ‘डिलिट’ गर्न दिएको आदेश संविधानविपरीत भएको भन्दै आपत्ति जनाएको हो ।

‘लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्नेमा महासंघ दृढ छ र सम्मान समेत गर्दछ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ ।’

महासंघले अदालतलाई आदेशको पुनर्विचार गर्न निकायसँग आग्रह पनि गरेको छ ।

‘अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ,’ महासंघले भनेको छ । पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशित सामग्रीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमकै हुने भन्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित समय: बुधबार २९ जेठ, २०८२, १४:१५:४८
कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास
शनिवार २ साउन, २०८३
इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै
शनिवार २ साउन, २०८३
डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
शनिवार २ साउन, २०८३
जयवीर देउवाको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ
शुक्रबार १ साउन, २०८३
चिडियाखाना आजदेखि पुनः खुला
शुक्रबार १ साउन, २०८३
विश्वकप विजेतालाई पहिलोपटक ‘च्याम्पियनसिप रिङ’
शुक्रबार १ साउन, २०८३
बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बिना विभागीय
शुक्रबार १ साउन, २०८३
चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी
शुक्रबार १ साउन, २०८३
निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि
शुक्रबार १ साउन, २०८३
रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन
शुक्रबार १ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०