घरजग्गाको कारोबार गर्दा दुवै पक्षको ‘बैंक स्टेटमेन्ट’ अनिवार्य

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ जेठ, २०८२
१ वर्षअघि

अब घरजग्गाको कारोबार गर्दा किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै भूमि सुधार तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।

Advertisement

पत्रमा भनिएको छ, ‘घर जग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्था (मालपोत) ले खरिदकर्ता बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने भएको छ।’ किन्ने र बेच्ने दुवै पक्षको बैंकमा ग्राहक पहिचान फारम पनि भरिएको हुनुपर्छ।

यसअघि कारोबारको क्रममा डिपोजिट भौचर तथा गुड फर पेमेन्ट राख्नुपर्ने व्यवस्था थियो। डिपोजिट भौचर राख्ने गरे पनि सोही अनुसार वास्तविक कारोबार नहुने गरेकोले यस्तो व्यवस्था गरिएको हो।

अहिले पनि १० लाखभन्दा बढी रकमको कारोबारहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मालपोत, बैंक, ब्रोकर कम्पनी, बीमा कम्पनी लगायतका सूचक संस्थाले अनिवार्य सूचना पठाउनुपर्ने व्यवस्था छ।

१० लाखभन्दा बढी रकमको कारोबारलाई सीमाभन्दा माथिको कारोबार मानिने व्यवस्था छ।

त्यस्तै, यस्ता सूचक संस्थाहरूले शंकास्पद कारोबारको पनि रिपोर्टिङ गर्नुपर्ने व्यवस्था छ।

यही व्यवस्था अनुसार मालपोत कार्यालयहरूलाई कुनै पनि शंकास्पद कारोबारको पनि जानकारी राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइलाई दिनुपर्ने भएको हो।

त्यस्तै, एकै दिनमा एकै पटकमा वा पटक पटक गरी एउटै खरिदकर्ता वा बिक्रीकर्ताले तीन करोड रूपैयाँ माथिको कारोबार गरेमा समेत विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा दिनुपर्ने व्यवस्था गरिएको छ।

घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरेमा दश लाख रूपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणाली मार्फत लेनदेन भएको विवरण समेत बैनाबट्टाको कागजसाथ पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम पालना नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले हालै नेपाललाई ‘ग्रे’ सूचीमा राखेको छ।

नेपालले यो सूचीबाट निस्कन दुई वर्षको अवधि पाएको छ।

यही कारण पनि घरजग्गाको कारोबारमा पनि कडाइका साथ यो नियमको परिपालना गराउन लागिएको हो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०