दुर्गा प्रसाईं नेतृत्वको समूहले राप्रपाको राजावादी आन्दोलनमा सहभागी नहुन निर्देशन दियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ जेठ, २०८२
१ वर्षअघि

विराटनगर- ‘राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान’ ले आफ्नो समूहमा आवद्धहरूलाई गणतन्त्र दिवसको अवसरमा बिहीबार हुने राजावादीको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको छ ।

काठमाडौंको तीनकुनेमा गत चैत १४ गते पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको घटनाका मुख्य आरोपीका रुपमा प्रहरी हिरासतमा रहेका प्रसाईं नेतृत्वको समूहले विज्ञप्ति निकालेर राजावादी आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको हो ।

‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वमा भएकोले त्यसमा हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोधसहितको निर्देशन गर्दछौँ,’ महाअभियान केन्द्रीय संगठन विभागका सचिव प्रेमदीप लिम्बूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै घटना घटे (भए) महाअभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।’

उनले संगठनका अध्यक्ष प्रसाईंलगायत गैरकानुनी रूपमा प्रहरी हिरासतमा रहेकाहरूको शीघ्र रिहाइको माग गर्दै माइतीघर मण्डलामा जारी ‘सत्याग्रह’ बिहीबार स्थगित गरिएको पनि बताएका छन् ।

‘सत्यग्रह आन्दोलन २०८२ जेठ १६ गतेबाट पुनः निरन्तर रूपमा माइतीघर मण्डलामा गरिने जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा लेखिएको छ । प्रसाईं नेतृत्वको उक्त संगठनले जेठ १२ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरू गरेको थियो ।

प्रकाशित समय: बिहिबार १६ जेठ, २०८२, १४:००:३९
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
माग नसुनिएको भन्दै हर्क साम्पाङको प्रश्न,ढुङ्गाको देश हो कि मान्छेको ?
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने
शुक्रबार ५ असार, २०८३
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०