गणतन्त्र कुनै दलको स्वामित्व होइन, जनता यसका मालिक हुन् : प्रधानमन्त्री ओली

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ जेठ, २०८२
१ वर्षअघि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्न पाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको विकल्प नरेको बताएका छन् ।

गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुडिँखेलमा ओयोजित विशेष समाराहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताए ।

गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।

‘सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रि व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलिय बनाउन लागेका छौँ । समृद्ध नेपाल सुशी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ’, उनले भने ।

गणतन्त्र कुनै दलको स्वामित्व नभएको बताउँदै यसका मालिक जनता भएका उनको तर्क छ ।

‘गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो’, उनले भने, ‘यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्त्रदायित्व पनि जनताकै हातमा छ ।’

प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यादेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात-जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधि चुनिने व्यवस्था रहेको स्पष्ट गरे ।

‘गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्क कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाइसय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे’, उनले भने, ‘राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिबी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो । यी सबै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो ।’

उनले जेठ १५ लाई देशकै लागि विशेष दिनका रुपमा उल्लेख गरे । ‘आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षौं लामो सङ्घर्ष, हजारौँ दिदीबहिनी दाजुभाइको बलिदान र हामी सबैको अथक मेहेनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ’, उनले भने, ‘गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ । हजारौं जनताको बलिदानबाट र त्यागबाट आएको हो। मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ ।’

प्रकाशित समय: बिहिबार १६ जेठ, २०८२, १३:२२:५९
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
माग नसुनिएको भन्दै हर्क साम्पाङको प्रश्न,ढुङ्गाको देश हो कि मान्छेको ?
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने
शुक्रबार ५ असार, २०८३
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०