दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ असार, २०८३
३ महिनाअघि

विराटनगर- सुनसरीको दुहवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ६६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बिहीबार भएको १९ औं नगरसभामा उपमेयर मेनुका पोखरेल खतिवडाले सो आकारको बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले चालु खर्चतर्फ २४ करोड ७० लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ४४ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यस्तै संघीय सशर्त अनुदानतर्फ २९ करोड १८ लाख रुपैयाँ र प्रदेश सशर्त अनुदानतर्फ १ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ।

Advertisement

नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ९८ करोड ७७ लाख रुपैयाँको अनुमानित बजेट ल्याएकोमा संशोधित आय अनुमान ७२ करोड ४९ लाख रुपैयाँ रहेको उपमेयर खतिवडाले जानकारी दिइन्।

उनका अनुसार कुल बजेटमा चालु खर्चतर्फ ५१ करोड १४ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १४ करोड २८ लाख रुपैयाँ खर्च भएको छ। संशोधित खर्चमा ९० प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको नगरपालिकाले जनाएको छ।

नगरसभामा बोल्दै मेयर वेदनारायण गच्छदारले स्रोतको अभावका बीच नगरपालिकाले विकास काममा कुनै कसर बाँकी नराखेको बताए। वर्तमान संघीय सरकारले स्थानीय तहलाई थप दायित्वको भार पर्ने गरी बजेट कटौती गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

त्यस्तै उपमेयर मेनुका पोखरेल खतिवडाले नगरपालिकाले मानवीय विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताइन्। उनले नगर क्षेत्रमा बसोबास गर्ने मुसहर समुदायको हितका लागि नगरपालिकाले उनीहरूको शैक्षिक विकासमा सघाउ पुग्ने गरी कार्यक्रम गरिएको बताइन्।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूको अनुशासन र लगनका कारण सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनेको बताए।

नगरसभामा नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी नगद र कदरपत्रसहित पुरस्कृत भएका छन्।

अधिकृत छैटौं अजयकुमार गौतम, जनस्वास्थ्य निरीक्षक संगीताकुमारी चौधरी, लेखापाल पर्शुराम माझी, नगरप्रहरीका सई अर्जुन देव, असई सञ्जय चौधरी र कार्यालय सहयोगी मिनाकुमारी बस्नेत जनही १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका छन्।

यस्तै विपद् तथा फोहर व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी पनि पुरस्कृत भएका छन्। टिपर चालक चन्दन रौनियार, जेसीबी चालक भुवन श्रेष्ठ, ट्र्याक्टर चालक रामनारायण साह र वारुणयन्त्र चालक जितेन्द्र गच्छदार जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका हुन्।

नगरसभामा नगरपालिका तथा वडाका जनप्रतिनिधि, नगरपालिका तथा वडामा कार्यरत कर्मचारी र सरोकारवाला स्थानीयको उपस्थिति थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०