विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आजदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।
उनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।