विराटनगरमा शनिबार र आइतबार सीप उत्सव हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरमा आगामी शनिबार र आइतबार सीप उत्सव २०८२ हुने भएको छ ।

जेठ १० र ११ गते उद्योग संगठन मोरङको सभाहलमा पहिलो संस्करणको सीप उत्सव हुने भएको हो ।

उद्योग संगठन मोरङ, इन्स्योर र हेल्भेटास नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास मन्त्रालयको समनव्यमा वैशाख २२ देखि ३० गतेसम्म सीप उत्सवको अडिसन राउन्ड भएको थियो ।

प्रदेशका सात प्राविधिक शिक्षालयहरूमा अध्ययनरत सयभन्दा बढी प्रशिक्षार्थीबीच तीन विधामा भएको स्पर्धाबाट १६ जना छानिएका थिए ।

सूचना प्रविधि, होटल म्यानेजमेन्ट र अटो मोबाइलमा उत्कृष्ट बनेका प्रशिक्षार्थीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

उनका अनुसार सीप उत्सवको उपाधि प्रतिस्पर्धासँगै बालविकास सहजकर्ता, सूचना प्रविधि र इलेक्ट्रिकल विषयमा प्रत्यक्ष तालिमका सेसनहरू पनि हुनेछन्, जसमा निःशुल्क सहभागिता जनाएर तालिमको अनुभव र प्रमाणपत्र समेत लिन सकिने छ ।

सीप उत्सवमा एसइई र कक्षा १२ दिएर बसिरहेका विद्यार्थीहरूका लागि पेशाकर्मी एवम उद्यमीमार्फत वृत्ति विकास परामर्शको सुवर्ण अवसर पाउने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।

उक्त कार्यक्रममा फेसन डिजाइन, आइ.टी. होटल म्यानेजमेन्ट, अटोमोबाइललगायतका क्षेत्रका विज्ञ तथा युवा उद्यमीहरूका सफलताका कथा सुन्न र संवाद गर्न पाइने बताउँदै उनले प्रशिक्षार्थीहरू र औद्योगिक क्षेत्रका व्यक्तिबीच सीप उत्सवले पुलको काम गर्ने बताए ।

वैशाख २२ गतेदेखि एक सातासम्म इटहरीको नरबहादुर बहुप्राविधिक शिक्षालय, बूढीगंगाको मनमोहन स्मृति पोलिटेक्निक, जहदाको शैलजा आचार्य स्मृति पोलिटेक्निक, कन्काईको कन्काई पोलिटेक्निक, दमकको पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठान, विराटनगरको आदर्श माध्यमिक विद्यालय र बिर्तामोडको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानमा सीप प्रतिस्पर्धा र सीप प्रदर्शनी भएको थियो ।

कम्प्युटर असोसियसन अफ नेपाल महासंघ (क्यान) मोरङ, होटल म्यानेजमेन्ट असोशसियसन अफ नेपाल (हान), नेसनल अटोमोबाइल डिलर्स असोसियसन अफ नेपाल (नाडा) समेत यस कार्यक्रमको सहयोगी संस्थाका रूपमा रहेका छन् ।

यस सीप उत्सवमा फरक ढंगबाट उद्योग आफैं अग्रसर भइ प्रत्यक्ष रूपमा सीप र वृत्ति परामर्श गरी दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका रहने आयोजक इन्स्योर परियोजनाका घनश्याम लिम्बुले जानकारी दिए ।

उनका अनुसार यस सीप उत्सवले विद्यार्थीहरूलाई प्राविधिक ज्ञान र सीप प्रदर्शन गर्ने र करिअर निर्माणमा सहयोग पुग्नेछ ।

प्रकाशित समय: बिहिबार ९ जेठ, २०८२, ०९:१२:४७

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
६ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ हप्ताअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०