संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-८ मानेडाडा स्थित चट्याङले लागेर १ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
वैशाख ३१ गते साँझ छिमेकीको घरमा बसिरहेको अवस्थामा पानी सँगै चट्याङ परेको थियो ।
जसमा ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतीक तामाङ र १९ वर्षीय रिजन तामाङ घाइते भएका थिए ।
उनीहरूलाई उपचारार्थ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा डाक्टरले चेक जाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेका हुन् ।
घाइते भएका तीन जनालाई थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।