धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ ब‌ैशाख, २०८२
१२ महिनाअघि

ढल्केबर । धनुषाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन् ।

स्थानीय सुशील साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साहको विष सेवनबाट मृत्यु भएको छ भने उनको ३० वर्षीया श्रीमती बबिता साहको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार विष सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

तर, उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

बबिताले सोमबार साँझ करिब ६ः४० बजे तीन सन्तानलाई विष खुवाएर र त्यसपछि आफैँले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यद्यपि घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा पारिवारिक तनाव वा मानसिक समस्याले बबिताले यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीले घटनास्थलबाट प्रमाणहरू सङ्कलन गरिरहेको बताउँदै प्रवक्ता सिंहले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए । घटनापश्चान गाउँ शोकमा डुबेको छ ।

प्रकाशित समय: मङ्गलबार ९ ब‌ैशाख, २०८२, १६:४१:५८
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०