नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ८ ब‌ैशाख, २०८२
१ वर्षअघि

काठमाडौं । नेपाल मगर विद्यार्थी संघको केन्द्रीय समितिको अधिवेशन स्थगित भएको छ । शनिबार र आइतबार दुई दिनका लागि बोलाइएको १२औं अधिवेशन लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित भएको हो ।

महाधिवेशनको उद्घाटनसत्र नेपाल मगर सघंका केन्द्रीय अध्यक्ष ज्ञानबहादुर पुन मगरले गरेका थिए । महाधिवेशन नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर संघका विभिन्न व्यक्तित्वहरूले मन्तव्य राखेका थिए ।

संगठनको विगत वर्तमान र भविष्यका गतिविधि एजेन्डाहरूको बारेमा नेमविस केन्द्रीय समितिका पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए ।

तथापि, रात छिप्पिँदै जाँदा बन्दसत्र सुरु भएकाले अधिवेशनमा शंका गर्नुपर्ने ठाउँ धेरै देखिएको भन्दै असन्तुष्ट पक्षले आवाज उठाएका थिए ।

जसकारण प्रतिनिधि छनोट तथा अन्य प्रदेश तहको अधिवेशनमा भएको समस्या बाहिरिँदा विवाद उत्कर्षमा पुगेर अधिवेशन स्थगन हुन पुगेको हो ।

आयोजक समितिले रातको ३:३४ अधिवेशन स्थगित भएको घोषणा गरेको थियो । र, बिहान ८ बजेबाट सुरु हुने भनिएको थियो ।

तर, भोलिपल्ट मध्याह्न १२:५६ बाट मात्रै सुरु भएको थियो । बन्दसत्र सुरु भएलगत्तै आर्थिक हिनामिना प्रतिनिधि एक्लौटीलगायतका समस्यामा छलफल भए पनि विवाद सामान्य नै थियो ।

तर, रातको ८ बजे निवार्चन मण्डलले एकाएक अपुरो नामको सूची सार्वजनिक गदै निवार्चन घोषणा गरेपछि पश्चिम र पूर्वका  केही प्रदेशका प्रतिनिधि तथा पदाधिकारीहरूले आ-आफ्नो माग राख्दै कुर्सी तोडफोड गरेका थिए ।

त्यसबाहेक उनीहरूले किताब च्यात्ने र अन्य केही सामानहरू तोडफोड गरेपछि अधिवेशन विवादको अत्यन्तै उत्कर्षमा पुग्यो ।

त्यसपछि सभाहल अशान्त भएको थियो भने विभिन्न नेतृत्व तहका विद्यार्थी नेताहरूद्वारा प्रदर्शन सुरु भएको थियो ।

अनेकौं विवादपछि आइतबार बिहानको ६ बजे महाधिवेशन अनिश्चित कालका लागि स्थगित भएको थियो ।

प्रकाशित समय: सोमबार ८ ब‌ैशाख, २०८२, १६:५५:२६

सम्बन्धित खबर

रुपन्देहीमा दुई घण्टे ‘स्वीप अपरेसन’: १०३ जना नियन्त्रणमा
आईतबार १३ ब‌ैशाख, २०८३
सुनसरीमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ
आईतबार १३ ब‌ैशाख, २०८३
विराटनगरमा प्रहरीको ‘स्विप अपरेसन’, स्पा सेन्टरबाट ३६ जना नियन्त्रणमा
आईतबार १३ ब‌ैशाख, २०८३
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०